५ सय बढी सहभागी हुने पूर्वाधार सम्मेलनको तयारी तिव्र - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

५ सय बढी सहभागी हुने पूर्वाधार सम्मेलनको तयारी तिव्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
Sunrise bank
५ सय बढी सहभागी हुने पूर्वाधार सम्मेलनको तयारी तिव्र
LBEF

 
काठमाडौं ।  ५ सय जनाभन्दा बढी सहभागी गराउने उद्देश्य रहेको नेपाल पूर्वाधार सम्मेलनको तयारी तिव्ररुपमा भइहेको छ । आइतबार नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको जनाएको हो  ।

दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने नेपाल उद्योग परिसंघले जनाएको छ ।  प्रधानमन्त्रीको प्रमुख आतिथ्यता एवं मित्रराष्ट्र दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डाक्टर हान सुंग सो विशेष अतिथिका रुपमा सहभागी हुने छन भने मित्रराष्ट्र भारतबाट समेत वरिष्ठ मन्त्रीहरु र लगानीकर्तालाई आमन्त्रण गरिएको संघले जनाएको छ । 

यसै गरी सातै प्रदेशहरुमा मूख्यमन्त्रीहरु, नेपाल सरकारका सम्बन्धित एवं प्रदेशका मन्त्रीज्यूहरु, विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुका साथै विकास साझेदार संस्थाहरु विश्व बैँक, एशियन विकास बैँक, युरोपियन युनियन, डब्लु डब्लु एफ आदिले समेत सो सम्मेलनमा भाग लिने छन् ।

 परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूल भाव सहित आयोजना गर्न लागेको यो सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

सम्मेलनको तयारी बारे जानकारी दिन परिसंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने  “पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’ अर्थात बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्छ । नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षां तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न अवसरहरु प्राप्त भइरहेका छन् ।” 

प्रतिक्रिया दिनुहोस