मेटलाइफको शिक्षा सुरक्षा योजना सार्वजनिक - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

मेटलाइफको शिक्षा सुरक्षा योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
Sunrise bank
मेटलाइफको शिक्षा सुरक्षा योजना सार्वजनिक
LBEF
NCH-IPS

काठमाडौं । मेटलाइफ शिक्षा सुरक्षा योजना बीमालेख लिनेहरुले शैक्षिक कार्यक्रममा विशेष छुट पाउने भएका छन् । सो योजना बीमालेख लिनेहरुका बच्चाहरुलाई कारखानाले आफ्नो शैक्षिक कार्यक्रमहरुमा विशेष छुट दिने सम्बन्धमा मेटलाइफले कारखानासँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

कारखानाले आफ्नो इनोभेटिभ क्लब मार्फत् बालबालिकहरुका लागि नियमित कक्षा, क्याम्पहरु तथा विशेष सत्र (वान अफ सेसन) लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरु प्रदान गर्दछ । मेटलाइफका छुट पाउन योग्य बीमालेख धनीहरुले नियमित कक्षा तथा क्याम्पहरुमा सहभागी हुँदा पन्ध्र प्रतिशत (१५%) छुट र विशेष सत्रमा सहभागी हुँदा बीस प्रतिशत (२०%) छुट पाउनेछन् ।

मेटलाइफ शिक्षा सुरक्षा योजना अभिभावक तथा बालबालिका दुबैको बीमा गर्ने नौलो खालको बीमालेख हो । अभिभावकले १० बर्षदेखि २५ बर्षसम्मका लागि उक्त योजना अन्तर्गत प्राप्त हुने सुरक्षा अवधि छनौट गर्न पाउँछन् । योजना अवधि परिपक्व भएपश्चात् बीमालेखको अङ्कित रकममा बोनससमेत जोडी भुक्तानी गरिन्छ । 

बीमालेखको अवधिमा बीमित र आवेदक (आमारबुबा)को मृत्यु भएको खण्डमा सन्तानले आफ्नो शिक्षाका लागि बिमा रकमको एक प्रतिशत (१५) रकम प्रत्येक महिना पाउने छ साथै सो पश्चात तिर्नु बुझाउनु पर्ने प्रिमियम पनि मिनाहा गरिने कम्पनीले जनाएको छ । बीमालेखको अवधिको अन्त्यमा सो बालबालिकाले अङ्कित रकम र सो मा आर्जित बोनस पुनः एकमुष्टमा प्राप्त गर्नेछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्नुहुन्छ– ‘हाम्रो शिक्षा सुरक्षा योजना सवैभन्दा बढी लिइने बीमालेखमध्ये एक हो र हामीले आफ्ना ग्राहकहरुलाई अझ ज्यादा बिश्वास प्रदान गर्न सक्ने अवसर देखेका छौँ । अब हाम्रा ग्राहकका बच्चाहरुले आफ्नो सिर्जनशील तथा विश्लेषणात्मक सोचाईको सीप विकासका निमित्त यी कार्यक्रम अन्तर्गतका कक्षाहरुमा सहभागी हुन सक्नेछन् जुन तिनीहरुको भविष्यका लागि लाभकारी हुनेछ । यस्ता प्रकारका साझेदारी मार्फत हाम्रा ग्राहकहरुको आवश्यकतापूर्तिको समग्र समाधानका निमित्त कर्पोरेटस् र नयाँ उपक्रमहरुमाझ थप सहकार्य वृद्धिमा उर्जा प्रदान गर्नेछ भन्ने आशा राख्दछौं ।’
 

प्रतिक्रिया दिनुहोस