अशोकवृक्षमा कम्प्लेक्सको तयारीः विहार जोगाउन आन्दोलन - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

अशोकवृक्षमा कम्प्लेक्सको तयारीः विहार जोगाउन आन्दोलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
Sunrise bank
अशोकवृक्षमा कम्प्लेक्सको तयारीः विहार जोगाउन आन्दोलन
LBEF
NCH-IPS

काठमाडौं । असनको अशोकवृक्ष विहार जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायत आन्दोलनमा उत्रिएका छन्  ।
गुठी संस्थानले विहार भत्काएर कम्प्लेक्स बनाउन लागेपछि उनीहरु चरणबद्ध आन्दोलनमा लागेका हुन् ।

५०० वर्ष पूरानो विहार नमास्न माग गर्दै दुई महिनादेखि हस्ताक्षर अभियान समेत सञ्चालन भइरहेको छ ।
यसलाई जोगाउन जनमत तयार गर्न भक्तपुर तथा टोखालगायतका स्थानमा समेत हस्तारक्षर अभियान सञ्चालन विहारका सञ्जीव बज्राचार्यले जानकारी दिए । पुस्तौंदेखि १४ परिवारले रेखदेख, भोगचलन र संरक्षण गर्दै आएको सम्पदा हो यो ।
शुक्रबार विहानदेखि असनमा हस्ताक्षर अभियान गरेका थिए । ‘संकलित हस्तारक्षरसहितको ज्ञापनपत्र गुठीलाई बुझाउँछौं,’ बज्राचार्य भन्दछन् ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस