aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

अमेरिकी चेतावनीपछि पनि भारतले रुसी कच्चा तेलको खरिद दोब्बर बनायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
अमेरिकी चेतावनीपछि पनि भारतले रुसी कच्चा तेलको खरिद दोब्बर बनायो
NIBL

एजेन्सी । युक्रेन युद्धको बीचमा अमेरिकी चेतावनीको बाबजुद भारतले रुसबाट कच्चा तेलको आयात दोब्बर गरेको छ । सरकारी स्वामित्वमा रहेका इन्डियन आयल र हिन्दुस्तान पेट्रोलियम जस्ता सरकारी तेल प्रशोधन कम्पनीहरूले अब सार्वजनिक टेन्डरमार्फत रुसबाट तेल किन्नको सट्टा निजी रूपमा वार्ता गर्न खोजिरहेका छन् । 

रिफाइनरी कम्पनी तथा व्यापारीका अनुसार भारतले विगतमा रुसबाट सबै प्रकारका कच्चा तेल खरिद गरेको छ । यसमा पश्चिमी देशहरूमा बन्दरगाहहरूबाट आयात गरिएको फ्ल्यागशिप ग्रेड यूराल कच्चादेखि सुदूर पूर्वबाट दुर्लभ कार्गो इएसपीओसम्मका छन् । सामान्यतया चीनले यसरी रुसी तेल खरिद गरिरहेको छ । अहिले भारतले पनि यी उपाय अपनाएको छ ।

वास्तवमा रुसो–युक्रेन युद्धको तीन महिना पूरा हुन लागेको छ र यसैबीच रुसमाथिको प्रतिबन्धका कारण आपूर्तिमा आएको अवरोधका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि छ । यस्तो अवस्थामा भारतजस्ता ठूला तेल आयातकर्ताले सस्तो विकल्प खोजिरहेका छन् । रुसले भारतलाई ठूलो छुटमा कच्चा तेल आपूर्ति गरिरहेको छ । रुसबाट आयात घटाउन युरोपेली संघका देशहरूमा दबाब बढ्दै गएकाले यो तेल सस्तो हुनसक्छ ।
 

प्रतिक्रिया दिनुहोस