धन्न जोगियो मिर्गौला दिल्लीबाट पीडितको उद्धार - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

धन्न जोगियो मिर्गौला दिल्लीबाट पीडितको उद्धार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
Sunrise bank
धन्न जोगियो मिर्गौला दिल्लीबाट पीडितको उद्धार
LBEF
NCH-IPS

काभ्रे वाङ्थलीका विष्णु खड्काले ख्याल-ख्यालमै भने ‘मोटरसाइकल चढ्नुपर्ने। मिर्गौला किन्ने कोही छैन ? भन है साथी हो।’

उनले यसो भनेपछि मिर्गौला तस्कर सम्पर्कमा आइहाले । तस्करसँग सम्पर्क गराउनेमध्ये एक थिए, प्रहरीकै सई योगेन्द्रराज थपलिया । उनी सशस्त्र प्रहरी १ नम्बर गणमा कार्यरत थिए। उनले मिर्गौला किन्ने एक व्यक्ति सम्पर्कमा रहेको बताएपछि कुरा गर्न खड्का राजी भए ।

थपलियाले प्रहरीकै पूर्वहवल्दार थनितसिंह गुरुङकी दिदीलाई मिर्गौला चाहिएको सुनाए। त्यसबापत ५ लाख रुपैयाँ पाउने आश्वासन दिए। खड्काले उनको कुरा पत्याए। गुरुङ र उनका सहयोगी रमेश कार्कीसँग भारतको दिल्ली जान खड्का तयार भए।

उनलाई गुरुङकी दिदी दिल्लीमा उपचाररत रहेको भनिएको थियो। दिल्ली पुग्नुअगावै उनले परिवारसँग सम्पर्क गर्न खोजे तर गुरुङले दिएनन्।

दिल्लीस्थित एक अस्पतालमा मिर्गौला झिक्ने तय भयो। त्यही बेला साउन ११ गते खड्कालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर प्रवक्ता डीएसपी होबिन्द्र बागटीले बताए।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले भारतीय प्रहरीको समन्वयमा उनलाई उद्धार गरेको हो। घटनामा संलग्न चार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले मिर्गौला तस्करी गर्न खोजेको आरोपमा सइसहित चार जनालाई पक्राउ गरिएको बताए। खड्कालाई फकाएर दिल्ली पुर्‍याएको आरोपमा पक्राउ पर्नेमा थपलिया, गुरुङ, कार्की र नारायण पराजुली छन्। थपलियालाई जागिरबाट निलम्बन गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस