केयूकेएलले वितरण गर्ने पानीमै भेटियो कोलीफर्म - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

केयूकेएलले वितरण गर्ने पानीमै भेटियो कोलीफर्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
Sunrise bank
केयूकेएलले वितरण गर्ने पानीमै भेटियो कोलीफर्म
LBEF
NCH-IPS

यूएनपार्क परिसरभित्र ज्वागलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले  ‘पम्प स्टेसन’ बनाएको छ। स्टेसनले जमिनमुनिको पानी तानेर शुद्धीकरण गरी उपभोक्ताको घरमा पठाउँछ। फलामको मात्रा धेरै भएकाले पानी पिउन योग्य छैन। तैपनि उपभोक्ताकहाँ पानी पठाउनै पर्ने बाध्यता छ।
दैनिक कम्तीमा दुई घण्टा पानी वितरण गरिन्छ। धाराकै पाइपबाट पठाउने पानी घरायसी प्रयोजनका लागि मात्र हुने केयूकेएल बताउँछ। घरायसी प्रयोजनका लागि मात्र भए पनि पैसा भने खानेपानीकै सरह तिर्नुपर्छ।

केयूकेएल ललितपुर शाखाका जनसम्पर्क अधिकृत चिरञ्जीवी राउतका अनुसार ललितपुरमा दैनिक ९० लाख लिटर पानी बाँडिन्छ। तर यो मागभन्दा अत्यन्त थोरै हो। ललितपुरमा मात्र अझै १३ प्रतिशत जनता खानेपानी सुविधाबाट वञ्चित छन्। त्यसैले सर्वसाधारण वैकल्पिक स्रोतका रूपमा ट्यांकरको पानी, ढुंगेधारा, इनारमा निर्भर छन्।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले यस वर्ष पानीका १ सय २ नमुना परीक्षण गरेको थियो। तीमध्ये ५४ वटा उपयोग गर्न नमिल्ने थिए।

स्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन शंकर पौडेलका अनुसार ट्यांकर, ढुंगेधारा, इनार सबैतिर कोलीफर्म भेटिएको हो।

‘पानीमा दिसाजन्य किटाणु भेटिनु नै कोलीफर्म हुनु हो’, पौडेलले भने, ‘मानिस र जनावरको दिसा पानीमा मिसिएपछि कोलीफर्मका जीवाणु देखिन्छन्।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस