पूर्वस्वीकृति नलिई १५० जनालाई अन्तरवार्ता लिँदै गरेको अवस्थामा छापा - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

पूर्वस्वीकृति नलिई १५० जनालाई अन्तरवार्ता लिँदै गरेको अवस्थामा छापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ साउन २०७६
Sunrise bank
पूर्वस्वीकृति नलिई १५० जनालाई अन्तरवार्ता लिँदै गरेको अवस्थामा छापा
LBEF
NCH-IPS

काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । 

पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज सो म्यानपावरमा छापा मारेको हो ।

सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज कम्पनीका लागि कामदार छनोट गर्न भन्दै अन्तरवार्ता लिइरहेको थियो । अन्तरवार्ताका लागि करीब १५० युवा उक्त म्यानपावर कम्पनी पुगेका थिए । 

विभागबाट पूर्वस्वीकृति लिएको कागजात देखाउन नसकेपछि अनुगमन टोलीले अन्तरवार्ता स्थगित गर्न सो म्यानपावरलाई निर्देशन दिएको छ । अन्तरवार्ताको क्रममा म्यानपावरले सङ्कलन गरेको राहदानीलगायत कागजात फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ । विभागले म्यानपावर सञ्चालकलाई २४ घन्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });