साज महल होटल एण्ड लजबाट ३ जना पक्राउ - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

साज महल होटल एण्ड लजबाट ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
Sunrise bank
साज महल होटल एण्ड लजबाट ३ जना पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका,१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका,२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका,७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका,१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस