बसको छतमा युवकको शव भेटियो - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

बसको छतमा युवकको शव भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
Sunrise bank
बसको छतमा युवकको शव भेटियो
LBEF
NCH-IPS

बुटवल । बुटवलको बसपार्कमा एक युवकको शव भेटिएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षिय दीपक थापाको शव आज बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा भेटिएको हो ।

लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा भेटिएको  प्रहरीले  जनाएको छ । सो गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको थियो ।इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बसपार्कमा कुहिएको अवस्थामा थापाको फेला परेको बताउनु भयो । उनले भन्नुभयो– ‘हत्या हो, या मृत्यु भएको हो अनुसन्धान गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस