युएइबाट पैसा पठाउनेलाई लक्ष्मीले विना धितो २ लाख ऋण दिने - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

युएइबाट पैसा पठाउनेलाई लक्ष्मीले विना धितो २ लाख ऋण दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
Sunrise bank
युएइबाट पैसा पठाउनेलाई लक्ष्मीले विना धितो २ लाख ऋण दिने
LBEF
NCH-IPS

काठमाडौं  ।  लक्ष्मी बैंकबाट विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। युनाइटेड अरव इमिरेट्स युएईबाट रेमिट्यान्स पठाउनेले उक्त ऋण पाउने भएका हुन । युएईको अल फर्दान एक्सचेन्ज मार्फत नेपालमा रमिट्यान्स पठाउँदा उनीहरुका परिवारले दुई वर्षका लागि कर्जा पाउने छन्।  

संयुक्त राष्ट्र संघ पूँजी विकास कोष ुयुएनसिडिएफुले ब्लकचेन टेक्नोलोजी मार्फत यो सुविधा प्रदान गर्ने भएको हो। ब्लकचेक टेक्नोलोजीले रेमिट्यान्स र बैंकबीच पुलको काम गर्छ। यो टेक्नोलोजीमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो व्यक्तिगत विवरण ुकेवाइसीु भर्न सक्नेछन्।

यही प्रणाली अनुसार नेपालमा रेमिट्यान्स प्राप्त गर्नेको परिवारले पनि व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। ब्लक चेन मार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो परिवारले लिएको कर्जा र किस्ताका बारेमा जानकारी पाउनेछन्।

युएनसिडिएफले रेमिट्यान्सलाई सहजीकरण गर्न तथा रेमिट्यान्सलाई पनि कर्जा प्राप्तीको माध्यम बनाउन सहजीकरणको भुमिका निर्वाह गरेको हो। अल फर्दान एक्सचेन्ज युएईको दोस्रो ठूलो रेमिट्यान्स सेवा प्रदायक संस्था हो। युएईमा मात्रै यो ७० वटा शाखा कार्यालय रहेको छ भने संसारभर १४० वटा करेस्पोण्डेन्ट छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले नेपालमा पहिलो पटक रेमिट्यान्स पठाउनेलाई कर्जा दिने अवधारणा ल्याएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस