गत वर्ष कृषि उत्पादन कस्तो रह्यो ? - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

गत वर्ष कृषि उत्पादन कस्तो रह्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
Sunrise bank
गत वर्ष कृषि उत्पादन कस्तो रह्यो ?
LBEF
NCH-IPS

काठमाडौं । कृषि उत्पादन अघिल्लो वर्षको तुलनामा गत बर्ष वृद्धि भएको छ । रासायनिक मल सहज आपूर्ति व्यवस्थापन, सिचाई सुविधा र राम्रो मनसुन भएका कारण उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत बर्ष धान, मकै, तरकारी, आलु, उखुको उत्पादन वृद्धि भएको छ भने त्यस्तै मासु, दुध, अण्डा र माछाको उत्पादनमा समेत वृद्धि भएको छ ।

गत बर्ष सबै भन्दा बढी बृद्धिदर उखुमा देखिएको छ । अघिल्लो वर्षको तुलनामा ३९ लाख ५१ हजार ५ मेट्रिक टन उखु उत्पादन भएको छ भने उखुको उत्पादन वृद्धिदर ११.०४ प्रतिशतले वृद्धि भएको बार्षिक समीक्षामा उल्लेख गरेको छ । 

धान  ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको छ । जसमा ८.८९ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । उत्पादकत्वमा बृद्धि भने ७ दशमलव ४ प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै मकै २६ लाख ४४ हजार ४०१ मेट्रिक टन उत्पादन भएको छ, जसमा ३ दशमलव ४८ प्रतिशत् उत्पादन वृद्धि र उत्पादकत्वमा ४ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै, तरकारी ४१ लाख ७५ हजार ६२१ मेट्रिक टन उत्पादन भएको छ भने आलु ३२ लाख २० हजार ७८४ मेट्रिक टन उत्पादन भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २६ वटा वालीमा ६९ वटा जोन र १४ वटा सुपरजोन कार्यक्रम संचालन भएका थिए । 

त्यस्तै प्रदेश अन्तर्गत ३ सय ३६ ब्लक र २ हजार ७ सय ७६ पकेट संचालन भएका छन् । गत बर्ष जैविक विविधता संरक्षण ६१ बालीहरुको २ सय २३ स्थानीय जातहरु संकलन गरेको छ ।  

आर्थिक बर्ष २०७५र७६ मा मासु, दुध, अण्डा र माछाको उत्पादन र उत्पादकत्वमा समेत वृद्धि भएको छ । गत बर्ष मात्रै मासु ३ लाख ७२ हजार मेट्रिक टन उत्पादन भएको छ । 

त्यसैगरी दुध २२ लाख १२ हजार ५ सय उत्पादन भएको, अण्डा १५६ करोड गोटा उत्पादन भएको र ८८ हजार मेट्रिक टन माछा उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बार्षिक समीक्षामा उल्लेख गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस