‘बिग मर्जर’ले निम्त्याएको संकटबाट सिक्ने कि ? - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

‘बिग मर्जर’ले निम्त्याएको संकटबाट सिक्ने कि ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
Sunrise bank
‘बिग मर्जर’ले निम्त्याएको संकटबाट सिक्ने कि ?
LBEF
NCH-IPS

प्रशियाको राजाको अनुमोदनपछि डच बैंक एजीको स्थापना १० मार्च सन् १८७० मा भएको थियो । पहिलो, दोस्रो विश्व युद्ध र विभिन्न समयमा भएको आर्थिक संकटलाई पार गर्दै २०औं शताब्दीसम्म आईपुग्दा जर्मनीमा मात्र होइन विश्वका ठूला बैकहरुमाझ डच बैंक एजीले आफूलाई स्थापित गर्न सफल भएको थियो । 

सन् २०१८ मा एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सको प्रतिवेदनअनुसार एजीले कुल सम्पत्तिको आधारमा विश्वका सय ठूला बैंकको सूचीमा आफूलाई १५औं नम्बरमा राख्न सफल भयो । जर्मनी वित्तीय सेवा कम्पनी डच बैंक एजी विश्वको ठूला र महत्वपूर्ण वित्तीय संस्थामध्ये एक बनेको छ । विश्वभरी वित्तीय पहुँच फिँजाएको बैंक हाल भने संकटतर्फ उन्मुख रहेको छ । जसले गर्दा खर्बौ डलरभन्दा अधिक सम्पत्ति रहेको बैंकिङ सेवा समूह कम्पनी डच बैंक एजी विगत दुई वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय लगानीकर्ता, अर्थशास्त्री र नीति निर्माताहरुको चिन्ताको विषय भएको छ ।

डच बैंकको स्थितिलाई मध्येनजर गर्दै सन् २०१६ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको वित्तीय प्रणालीमा यसको कारोबार मुख्य प्रणालीगत वा बजार जोखिम योगदानकर्ताको रुपमा मानेको छ । सोही वर्ष विश्वभरिका विभिन्न वित्तीय प्रकाशनहरुले डच बैंक एजी पनि लेहम्यान ब्रदर्शजस्तै टाट पल्टिने  बाटोमा रहेको  भनेर चेतवानी दिएका थिए । 

स्मरण रहोस्, सन् २००७–२००८ मा  विश्वको वित्तीय संकट लेहम्यान ब्रदर्श टाट पल्टेपछि त्यसको असर युरोप हँुदै विश्वभरि फैलिएको थियो । अहिले वित्तीय पहुँच विश्वभरी फैलिएको जर्मनी बैंक बाँच्नको लागि संघर्ष गरिरहेको छ । विश्वका केही अर्र्थशास्त्री तथा टिप्पणीकर्ताहरुलाई डच बैंक एजीको विवरणदेखि उनीहरुलाई डर छ कुनै पनि बेला यो बैंक ढल्न सक्छ ।

संकटबाट बँच्न यो बैंकले आफूलाई पुनर्गठन गर्न बंैकमा कार्यरत २० प्रतिशत कर्मचारी कटौती गर्दैछ । जसले गर्दा झण्डै १८ हजार कर्मचारीहरुले यो बैंकबाट रोजगारी गुमाउँदै छन् । यही रणनीति अनुरुप बैंकले सन् २०२२ सम्ममा कर्मचारीको संख्यामा ठूलो कटौती गर्ने योजना बनाएको छ । 

केही वर्ष पहिला अमेरिकाको ठूलो बैंक ‘बैंकर ट्रस्ट’लाई अधिग्रहण गरेर अमेरिकाकै गोल्डम्यान साच्स र मोर्गान स्टानले जस्ता ठूला इन्भेष्टमेन्ट बंैकहरुलाई  चुनौती दिएको थियो । तर, विश्वको महाशक्ति राष्ट्रमा भएका बैंकहरुलाई चुनौती दिने बैंक आज आफैं बाँच्नको लागि संघर्ष गरिरहेको छ । यो बैकमा आएको समस्या जान्नको लागि यसको पछिल्ला वर्षहरुको गतिविधि हेर्न आवश्यक छ । विगतका केही वर्षदेखि बैंकमा विभिन्न किसिमका घोटालाहरु जस्तै सम्पत्ति शुद्धीकरणमा समेत बैंक मुछिएको पाइयो । जसले गर्दा कानुनी खर्च, साख गिर्यो र ठूलो मात्रामा जरिवाना तिर्नुप¥यो । 

बैंक शेयर ३० वर्षको इतिहासमा सबैभन्दा तल झरेर कारोबार भइरहेको छ । हाल बैंकको शेयर बजार मूल्य सन् २००७ भन्दा ७० प्रतिशतसम्म तल गिरावट आएको छ । न्युयोर्क स्टक एक्स्चेञ्जमा बैंकको शेयर मूल्य प्रतिकित्ता ७ डलरभन्दा तल कारबोर भइरहेको छ । 

बैंकको प्रतिशेयर आम्दानी अनुपात ६०० गुणा छ जसको अर्थ हो, यसले प्रतिशेयर १० सेन्ट जति मात्र कमाएको छ । बैंकिङ उद्योगमध्ये यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा माथिल्लो तहका व्यवस्थापकहरु नराम्रो तरिकाले छिटो छिटो परिवर्तन गरियो । जसले गर्दा यसको व्यवस्थापन पक्ष ज्यादै कमजोर हुँदै गयो । बैंकको दैनिक कारोबार तथा ऐन, कानुन र नियमकारी निकायको निर्देशन उल्लंघन गरे । जसको परिणाम नोभेम्बर २०१८ मा विभिन्न देशका नियमनकारी निकाय र जर्मन कर प्राधिकरणका कर्मचारीले समेत छापा मारे । 

विगतका केही वर्षदेखि यो बैंकले कानुनी समस्याबाट उन्मुक्ति पाउन निकै ठूलो रकम खर्चिन प¥यो । अप्रिल २०१५ मा विश्वका अन्य बैंकहरुको साथ साथै यो बैंक मिलेर लण्डन इन्टर बैंक अफर रेट निर्धारण घोटालामा संलग्न भएको पाइएकोले अमेरिकन र ब्रिटिस सरकारको नियमनकारी निकायले संयुक्त रुपमा यस बैंकले २.५ अर्ब युएस डलर जरिवाना तिर्नु प¥यो । 

त्यसैगरी जनवरी सन् २०१७ मा खराब धितोहरु जम्मा पारेर धितोपत्र बनाई बेचेको अभियोगमा डच बैंक एजीले अमेरिकाको न्याय विभागमा ७.२ अर्ब युएस डलर तिर्ने सम्झौता गर्न बाध्य भयो । सन् २०१२ देखि हालसम्म बंैकले १३ अर्ब युएस डलरभन्दा बढी रकम मद्दा मामिलामा खर्च गरेको छ । 

लेहम्यान ब्रदर्सको सन् २००८ मा डेरिभेटिभ पोर्टफोलियोमा गरेका लगानीको कारणले असफल भएजस्तै डच बैंक एजीले हाल जोखिमयुक्त सम्पत्तिको डेरिभेटिभ पोर्टफोलियोमा सम्झौता गरेको छ । जसको वित्तीय खराबीको संक्रमणीय प्रभाव विश्वव्यापी रुपमा पार्ने निश्चित छ । हाल डच बैंक एजीसँग ४५ खर्ब युएस डलरको अन्य सस्थाको डेरिभेटिव कारोबार रहेको छ । लेहम्यान ब्रदर्समा जस्तै यो बैंकले पनि एउटाबाट अर्को बैंक तथा वित्तीय संस्थासँग डेरिभेटिभ सम्झौता कारोबार हेर्दा लेहम्यान ब्रदर्सको कारोबारको ऐतिहासिक मध्यमसँग यो बैंकको कारोबार मेल खान्छ । 

जसले गर्दा एउटा बैंकमा आएको संक्रमण र सम्पत्तिमा भएको संकुचन अन्य वित्तीय संस्थाहरुमा क्रमैसंँग सरेर जान्छ । जुन असरले गर्दा जर्मनीमा मात्र होइन पूरै युरोप भरिका वित्तीय बजारको सामान्य क्रेडिट फ्रिज हुने (सामान्य ऋण दिन नसक्ने) अवस्थामा पुग्छ । लेहम्यानले अधिक जारी गरी राखिएको खर्बौ युएस डलरका डेरिभेटिभस वापतको रकम  लेहम्यान ढलेपछि अमेरिकाको विशाल बीमा कम्पनी÷ छाँया बैंक, एआइजीले तिर्न सकेन । त्यसैगरी, डच बैंक एजी पनि लेहम्यान एआजीको प्रतिनिधि पात्रको रुपमा देखा पर्न सक्छ । 

जब टु बिग टु फेल असफल हुन्छ ?

यदी डच बैंक आफैं पुनर्गठन गर्दा पनि बाँच्न सकेन भने आफ्नै क्षमतामा अब बाँच्न सक्दैन । यदी यो वास्तविक स्वतन्त्र बजार सिद्धान्तहरुद्धारा सञ्चालित  अर्थ व्यवस्थामा सञ्चालन भइरहेको थियो भने प्रायः जसो अन्य कम्पनी बजारबाट बाहिर जान्छन । त्यसैगरी नै यो बंैक पनि बजारबाट बाहिर निस्कनेछ । तथापि, यो बैंक बजारबाट बाहिर जाने सम्भावना भने कम छ । 

यसको असर जर्मनी युरोपको आर्थिक मुटुमा रहेको सबैभन्दा ठूलो वाणिज्य बैंकिङ संस्थाको असफलताले लगानीकर्ताको विश्वासको आभाव रहेको समाचार विश्वभरि फैलिने छ । जुन युरोप महाद्वीपको लागि विनाशकारी समस्या खडा हुनेछ । यस्तो भयो भने युरोपमा अर्को वित्तीय संकट चांँडै नै आउने छ ।  तर , यो संकट आउनु भन्दा पहिले राजनीतिज्ञ र नोकरशाहीले यस्तो हुनबाट बचाउन हस्तक्षेप गर्ने छन् । 

डच बैंक एजीलाई लगभग जमानत दिने प्रक्रियामा गइसकेको छ । जमानतको अर्को साधन ठूलो बैंकसंँग जबरजस्ती विलय गराउनु हो । यो उपायमा जर्मन सरकार सफल हुन सकेन । अर्को तरिका भनेको यसको महँगो र राम्रा सम्पत्तिहरु बिक्री गर्ने रहेको छ । यसले आफ्नो राम्रो सम्पत्ति बिक्री गर्न शुरु गरेको छ । साथै अन्य उपायमा निष्कृय कर्जा एकातर्फ थुपार्नु जसलाई खराब बैंक भनिन्छ ।

यस्तो विधि हाल इटालियन बैंकहरुमा भईरहेको छ । यी सबै समस्या समाधानका उपायहरु डच बैंक एजीलाई प्रयाप्त नहुन सक्छ । यसपछि बैंकको शेयर बजारमा  मूल्य तीव्र गतिमा तल झर्न थाल्ने छ । अहिले करिब ७ युएस डलर प्रतिशेयर मूल्यमा कारोबार भइरहेको छ । 

विश्लेषकहरुले आशंका गरेका छन् कि यस्तो अबस्थामा सट्टेवाजहरुले पँुजी बजारलाई प्रभावित पारि यसको मूल्य शून्यमा झार्न सक्ने छन् । 

नेपालले सिक्नुपर्ने पाठ 
जर्मनी जस्तो वित्तीय अनुशासन भएको देशमा रहेको विश्वको १५आंै ठूलो बैंक डच बैंक एजीसमेत आर्थिक अनुशासनमा नबसेका कारण बैंक नै संकटग्रस्त भएर ढल्ने अवस्थामा छ । नेपाल भने सरकारको नयाँ नीति बनाएर चलिरहेका बैंकलाई अझ ठूलो बनाएर सञ्चालन गर्ने नीति लिने योजना बनाइरहँदा ठूलो बनाएकोमध्ये कुनै एक बैंक ढलेको खण्डमा नेपालजस्तो विकासशील देशको अर्थतन्त्रले धान्न सक्ला ? 

त्यसैले नेपालका बैंकलाई सक्षम र सबल बनाउन अमेरिकाको नियमनकारी निकायलाई जस्तै सशक्त बनाइ पर्यवेक्षण र नियमन गर्ने निकायको रुपमा विकास गर्नेतर्फ सरकार लाग्न पर्छ । ‘टु बिग टु फेल’ को नीतिको अनुशरण गर्दै  बेलुनमा हावा भरे जसरी बैक तथा वित्तीय संस्थाहरुलाई ठूलो बनाउन नियमनकारी निकायले दबाब दिँदा बैकले धान्न नसक्दा फुट्न सक्छ ।

मेगा मर्जर गरेर ठूला बैंक बनाउँदा ती बैंकहरु टाट पल्टिएमा नेपालको अवस्था अमेरिका वा युरोपमा जस्तै नेपाल सरकारले जमानत दिएर बचाउन सक्ने छैन । अनि नेपाल पनि भेनेजुयलाजस्तै देश नै टाट पल्टिने अवस्था नआला भन्न सकिन्न । त्यसैले हाम्रो देशको अर्थतन्त्रको आकार सानो छ, त्यसैको आधारमा बैंकहरुलाई पनि सानोबाट आफंै विस्तारै विकास गर्दै ठूलो हुन दिनुपर्छ । जसले गर्दा भोलि हुन सक्ने ठूलो संकटबाट आजै सुरक्षित हुने उपाय अपनाउन सकियोस् । 


 
 

प्रतिक्रिया दिनुहोस