शीर्षकहरू

मोटरहेडको नयाँ वर्ष विशेष योजना सार्वजनिक

मोटरहेडको नयाँ वर्ष विशेष योजना सार्वजनिक

काठमाडौं । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष विशेष योजना सार्वजनिक गरेको छ । नव वर्ष २०७९ लाई लक्षित गर्दै “Scratch & Catch The Cash” नामक अफर सन्चालनमा ल्याएको हो । 

उक्त अफर अन्तर्गत कम्पनीले यही चैत १५ गतेदेखि ३१ वैशाखसम्म मोटरहेडका बाइक खरीद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुको लागी ७ हजारदेखि एक लाख सम्म Scratch गरी छुट पाउन सकिने व्यवस्था र अफर अवधिभर खरीद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई दुई लाख ७ हजार ९ सय प्रदान गरिनेछ । देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ ।

सिधै नगद छुट भन्दा यस प्रकारको Scratch अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स÷सर्भिस÷स्पेयर को सुविधा सहित डिलर रहेको छ । साथै बिक्रि पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको छ ।