एक केजी सुनको वेल्ट थानकोट प्रहरीको फन्दामा - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

एक केजी सुनको वेल्ट थानकोट प्रहरीको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
Sunrise bank
एक केजी सुनको वेल्ट थानकोट प्रहरीको फन्दामा
LBEF
NCH-IPS

काठमाडौं । एक किलो सुनसहित थानकोट चेक पोष्टमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेका रसुवा गोसाइँकुण्ड(५ का पेम्बा ढुण्डुप तामाङ भएको प्रहरीले बताएको छ । उनले एक केजी सुनको पेटी बनाएर कम्बरमा बाँधेको अबस्थामा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ ।  

 बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । बा ९० प २७३६ नम्बरको मोटरसाइकलमा रसुवाबाट काठमाडौं आउँदै गरेको बेलामा पक्राउ गरेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस