बजेटका लागि गोल्छाको सुझाव : पुनः कर्जाको सिमा बढाउन पर्यो - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

बजेटका लागि गोल्छाको सुझाव : पुनः कर्जाको सिमा बढाउन पर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
Sunrise bank
बजेटका लागि गोल्छाको सुझाव : पुनः कर्जाको सिमा बढाउन पर्यो
LBEF

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पुनः कर्जाको सिमा एक अर्बबाट बढाएर २ अर्ब पुर्याउन माग गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकले आगामि बजेटका लागि सुझाव कार्यक्रममा बोल्दै गोल्छाले पुनःकर्जाको समयअवधि पनि बढाएर यसलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । 

अहिले १ अर्बमाथिको ऋणमा सहवित्तीयकरणमा जानु पर्ने ब्यवस्थाले खर्च बढेको बताउँदै यसलाई २ अर्ब पुर्याउन सुझाब दिएका हुन्। उनले क्रेडिट रेटिङ गराइसकेको कम्पनीलाई पर्सनल ग्यारेन्टी नखोज्ने ब्यवस्था गर्न समेत माग गरेका छन्। 

अहिले १ अर्बमाथिको ऋणमा सहवित्तीयकरणमा जानु पर्ने ब्यवस्थाले खर्च बढेकोले अब यसलाई  २ अर्ब पुर्याउन सुझाब दिएका छन् ।  त्यस्तै उनले क्रेडिट रेटिङ गराइसकेको कम्पनीलाई पर्सनल ग्यारेन्टी राख्ने ब्यवस्था खारेज गर्न  माग गरेका छन्। 

त्यस्तै, कार्यक्रममा बोल्दै उनले ुकस्ट अफ डुइङ बिजिनेस घटाउन केही सुझाब दिएका छन्। शेखरका अनुसार, कामदारको उत्पादकत्व बढ्ने गरी कानुन निर्माण हुनुपर्छ। त्यसपछि पूर्वाधारमा सुधार गर्नु पर्छ। जस्तो अहिले भन्सार कार्यालयको पूर्वाधार सानो भइसकेको छ। बाटोघाटोदेखि बिमानस्थलसम्म साँघुरो भइसकेको छ। भन्सारमा १० किलोमिटरको लाइन हुन्छ। यसलाई घटाउनु पर्छ।

त्यस्तै, बैंकहरुको बेस रेटको सिमालाई अधिकतम ४ प्रतिशतसम्मभन्दा माथि लिन नपाउने ब्यबस्था गर्न उनले सुझाव दिएका छन् । उनले भने, अहिले सबै बैंकको बेस रेट घटेको छ तर कुनै पनि बैंक बेस रेट घटेको छ भनेर भन्ने अबस्थामा छैन । 

सरकारले राखेको आर्थिक वृद्धिको दरलाई हासिल गर्न लगानी आवश्यक पर्ने भएकाले लगानीका लागि पुँजी जरुरी पर्ने र बैंकहरुको ब्याज बढी भएकाले लगानी गर्न नसकेको गोल्छाको तर्क रहेको थियो । उनले भने, ुसरकारले राखेको आर्थिक वृद्धिको लक्ष भेटाउने गरि लगानी ल्याउन ब्याजदरलाई नियन्त्रण गर्न पनि पर्छ ।ु 
 

प्रतिक्रिया दिनुहोस