शीर्षकहरू

माघमा वाणिज्य बैंकको घरजग्गामा ऋण प्रवाह ४१ करोडले बढ्यो, ११ बैंकले भने घटाए

माघमा वाणिज्य बैंकको घरजग्गामा ऋण प्रवाह ४१ करोडले बढ्यो, ११ बैंकले भने घटाए

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघमा मात्र वाणिज्य बैंकहरूले घरजग्गामा ४१ करोड ६० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो ऋण एक उक्त महिनामा  २७ वाणिज्य बैंकमध्ये १६ वटाले घरजग्गामा ऋण प्रवाह बढाएका छन् भने बाँकी ११ वटाले घटाएका छन् । 

घरजग्गामा ऋण घटाउनेमा नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक, कुमारी, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाडू, एनसीसी बैंक, सिद्धार्थ, ग्लोबल आइएमई, सनराइज, मेगा र सेन्चुरी कमर्शियल बैंक रहेका छन् । 

राष्ट्र बैंकका अनसार हालसम्म वाणिज्य बैंकबाट यस्तो ऋण १ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ प्रवाह भएको छ । घरजग्गामा हालसम्म सबैभन्दा बढी ऋण प्रवाह एनआईसी एशिया बैंकको भएको छ । यो बैंकको घरजग्गामा ऋण प्रवाह माघसम्म १५ अर्ब ३८ करोड रुपैयाँ भएको छ । यो बैंकले माघमा मात्र १० करोड ३० लाख रुपैयाँ घरजग्गामा ऋण प्रवाह गरेको छ । पुससम्म यो बैंकको घरजग्गामा ऋण प्रवाह १५ अर्ब २८ करोड रुपैयाँ थियो । 

तर, माघमा मात्र सबैभन्दा बढी घरजग्गामा ऋण प्रवाह सिभिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले माघमा मात्र ७० करोड ७० लाख रुपैयाँ यस्तो ऋण प्रवाह गरेको छ । 

त्यस्तै दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको रहेको छ । यो बैंकले पनि हालसम्म १५ अर्ब ३३ करोड रुपैयाँ घरजग्गामा ऋण प्रवाह गरेको छ । तर, माघमा उक्त शीर्षकमा यो बैंकको ऋण प्रवाह ४ करोड ७० लाख मात्र भएको छ ।