aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

भैरहवा भन्सारमा वेथितिः काजमै आउँछन् कर्मचारी, सेटिङमै गर्छन् राजश्व छली

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • बुधबार, ०२ चैत्र २०७८
Global IME
भैरहवा भन्सारमा वेथितिः काजमै आउँछन् कर्मचारी, सेटिङमै गर्छन् राजश्व छली
DHI
nmb

भैरहवा । भैरहवा भन्सार कार्यालय दरबन्दीभन्दा बढी कर्मचारी रहेका छन् । ६६ जना दरबन्दी रहेकोमा ९७ जना कार्यरत छन् । भैरहवा भन्सार कार्यालय अन्तर्गत अफिसर १० जनाको दरबन्दी रहेको छ ।  तर ११ जना कार्यरत छन् । नासुको दरबन्दी २४ जना रहेको छ तर कार्यरत ३० जना छन् । 

खरिदारको दरबन्दी नै छैन ३ जना कार्यरत छन् । कार्यालय सहयोगी भनेर २० जनाको दरबन्दी छ २९ जना कार्यरत छन् । ड्राइभर ३ जनाको दरबन्दी ९ जना कार्यारत छन् । टाइपिस्ट नासु दरबन्दी छैन तर २ जना कार्यरत छन् । कम्युटर अपरेटरको दरबन्दी छैन नै ४ जना कार्यरत छन् । कार्यालय प्रमुखको दरबन्दी १ जना हो तर उक्त दरबन्दीको प्रमुखको जिम्मेवारी नभएर काजमा खटाइएका प्रमुख काएरत छन् । भैरहवा भन्सार कार्यालयमा कार्यरत कुनै पनि कर्मचारी दरबन्दीमा भएका छैनन् । जति पनि कर्मचारी छन् सबै काजमा आएका छन् ।

भैरहवा भन्सार कार्यालय अन्तर्गत पर्ने १२ वटा छोटी भन्सार कार्यालय थिए । शसस्त्र द्वन्द्वका बेला सुरक्षाको अभावले बन्द भएका थिए । तत्कालिन समयमा ७ वटा छोटी भन्सार कार्यालय रहने भनी निर्णय भएको थियो । ७ वटा कार्यालय रहेता पनि सबै सञ्चालनमा छैनन् । जसमध्ये लुम्बिनी, पक्लिहवा, थुमुवा गरी ३ वटा सञ्चालमा रहेको भैरहवा भन्सार कार्यालयमा रेकर्ड छन् । भन्सार कार्यालयले सञ्चालनमा रहेको भनेको पक्लिहवा छोटी भन्सार कार्यालय बन्द हरेको छ ।

बुची बरेवा, अमुवा, मंझरीया, बेथरी बन्द छन् । भैरहवा भन्सार कार्यालय नेपालकै दोस्रो ठूलो भन्सार कार्यालयका रुपमा लिइन्छ । यस मातहत रहेका कार्यालय घटाउँदै जाँदा मासिक रुपमा करोडौं राजश्व गुमिरहेको छ । छोटी भन्सार कार्यालय नहुँदा अवैध रुपामा भारतबाट सामान आयात समेत बढेको छ ।

कार्यालय स्थापना नहुँदा भारतबाट अवैध रुपमा सामान आयात बढेको छ । जसका कारण राजश्व संकलन प्रभावित भएको छ । भैरहवा भन्सार कार्यालयले कर्मचारीको अभावको कारण छोटी भन्सारहरु सञ्चालन गर्न कठिन भएको रेडिमेट जवाफ दिन्छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १, वेलहियाको नेपाल–भारत सिमानाकामा अवस्थित भैरहवा भन्सार कार्यालय नेपालको एउटा मुख्य अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन नाका हो । नेपालको कूल भन्सार राजस्वको करिव २२ देखि २५ प्रतिशत राजस्व यस भन्सार कार्यालयबाट संकलन हुने गर्दछ । यो कार्यालय सामान्यतः यात्रु शाखा विहान ६ बजेदेखि रातिको १० बजेसम्म र मुल भन्सार कार्यालय विहान १० बजेदेखि बेलुका ५ बजेसम्म जाँचपासका लागि खुल्ला रहन्छ । यस भन्सार कार्यालयमा पुर्णतया कम्प्युटराइज्ड प्रणालिबाट दक्ष जनशक्तिद्वारा यात्रु, सुविधा तथा अस्थायी सवारी पैठरी एवं मालस्तुको भन्सार जाँचपासको काम हुने गर्छ ।

मालवाहक ट्रक भित्रिने, बाहिरिने तथा पार्किङ्गको व्यवस्थापन लगायतका यस कार्यालयको व्यवस्थापनको सम्पूर्ण काम इन्टरमोडल यातायात विकास समितिद्वारा हुँदै आएको छ । यस भन्सार कार्यालयबाट मुख्यतः मोटर साइकल, एमएस विलेट, टाइल, हाइस्पीड डिजेल, डबल—क्याव पीकअप गाडी, पेट्रोल, मार्वल स्ल्याब, ट्रक, मिनी ट्रक, पत्थर कोइला, नुहाउने साबुन,पोलीथिन दाना लगायतका औद्योगिक कच्चा पदार्थ आदि पैठारि हुने गर्दछन् । भने निकासितर्फ सेन्थेटिक यार्न, पिना अन्य, अन्य कपडा पदार्थको बोरा झोला, भटमासको तेल प्रशोधित, चाउचाउ, नुडल्स,  जस्ता आदि, चोकर, भुस, अन्य रेसाको कपडा, काँच र डण्डी ट्यूवहरु, अदुवा, सुठो, स्टीलका भाँडाकुँडा, जडीबुटी, प्लाष्टिकका नली पाइप, खोटो रोजीन, दालचिनि, फलामे पत्रु आदि मुख्य छन् ।

यात्रु शाखामा रहेका कर्मचारीले यात्रुलाई सेवा प्रवाह गर्नुको सट्टा नेपाल प्रवेश गर्ने सर्वसाधारणसँग पैसा असुली गर्ने गरेका छन् । भैरहवा भन्सार कार्यालयबाट कहिले एउटै प्रज्ञापन पत्रमा गाडी छोड्ने त कहिले करोडौंको राजश्व छलिका स्टिकर भित्रने गरेका छन ।  गत भदौ ४ गते भन्सार कार्यालयका अफिसरले हस्ताक्षर गरेकै प्रज्ञापन पत्रमा नक्कली स्टिकर शसस्त्र प्रहरीले बरामद गरेको थियो  ।

गत भदौ ४ गते दिउँसो २ः५६ मा लु २ च २५० नम्बरको पिकअप प्रज्ञापनपत्र नम्बर १०४५५८ मा भन्सार अधिकृत दिल्लुप्रसाद शर्मा पौडेलले हस्ताक्षर गरेर गाडी पास गराएका थिए । दिल्लु शर्मा र भन्सार प्रमुख मनिराम पौडेल स्टिकर काण्डकै कारण विभाग तानिएका थिए ।

२०७४ साउन २६ गते ना ६ ख ५६३५ नम्बरको ट्रकमा रेक्जिन, पर्दा र सोफाको कपडा लोड गरिएको ट्रक भारतबाट भैरहवा भन्सार कार्यालयमा भित्रियो । उक्त ट्रकमा रहेको सामग्रीलाई कार्यालयले २ वटा प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ मार्फत पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजश्व असुल गरेर पठायो ।

माँ मनकामना इन्टरनेशनल नामक कम्पनीले आयात गरेको उक्त कपडा एजेण्ट मार्फत भन्सार भएको थियो । यी दुवै प्रज्ञापन पत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७ हजार ७ सय ६१ रुपैया र ३ लाख ६२ हजार ९ सय ४३ रुपैया भन्सार राजश्व समेत असुल गरेको थियो ।

सोही दिन साउन २६ गते साँझ करिब ६ बजे प्रज्ञापन पत्र अनुसार सोही परिणाम बराबर पर्दा कपडा र सोफा कपडा लोड रहेको अर्को ना ४ ख ४१२६ नम्बरको ट्रक भैरहवा भन्सार कार्यालयमा भित्रियो । तत्कालिन भन्सार अधिकृत मनबहादुर विश्वकर्माले उक्त गाडीको जाँच पास गराएका थिए । 

पहिला गाडी जाँच पासको काम गर्दै आएका ज्ञानेन्द्रराज ढकाल अहिले भैरहवा भन्सार प्रमुखको रुपमा आएका छन् । अहिले पनि यात्रुशाखामा पैसा उठाउन छाडिएको छैन । जनताको सुविधाको लागि नेपाल सरकारको तलब खाएका कर्मचारी यात्रु र पोके व्यापारिबाट अवैध रुपमा पैसा असुली गरि रहेका छन् । यात्रुशाखामा बस्ने कर्मचारीले नेपालबाट भारत तर्फ जाने गाडीबाट पनि अबैध असुली गरी रहेका छन् । स्रोतका अनुसार भैरहवा भन्सार कार्यालयमा दलाल र एजेन्ट मार्फत गाडी आउनुभन्दा पहिले नै जाँच पास हुने र भन्सार गाडि प्रवेश गरेको केही मिनेटमै गाडि बाहिरीने गरेका छन् । 

ग्राउन्ड रिपोर्टको टिमले सूचनाको हक प्रयोग गरी नेपालको संविधान धारा २७  तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार गत मंसिर ९ गते पत्र पठाई ३०३ नम्बर दर्ता गर्दा समेत भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकाल र सूचना अधिकारी तिर्थराज पासवानले आलटाल गरी सूचाना दिएका छैनन् ।

स्रोतका अनुसार भैरहवा भन्सार कार्यालयमा भन्सार चेकजाँच हुँदा सम्बन्धीत व्यक्ति वा प्रतिनिधि नभई गाडी चालक र ट्रासपोर्टको उपस्थितिमा पास हुने गरेको छ ।  दरबन्दीभन्दा बढी कर्मचारी आउने यो कार्यालयमा एउटै एजेन्टले दैनिक कति गाडीको माल हेर्न सक्छ होला ? १,२,३ वा ४ । यहाँ एउटै व्यक्तिले यति गाडी पास गर्न सक्छ भन्ने कुनै एकिन नै छैन । कमिशनको चक्करमा कुनै गाडी हप्ता दिनसम्म पास भएका छैनन् भने कुनै गाडी लाइन समेत बस्नु पर्दैन ।

भन्सार पासको लागि आएका पाल्पाका नारायण गोपाल पाण्डेले भैरहवा भन्सार कार्यालयमा कर्मचारीका कारण सास्ती बेहोर्नु परेको बताउँछन् । भन्सार कार्यालयको यात्रु शाखामा पैसा नबुझाएसम्म गाडी जान पाउँदैन भने घरयासी प्रयोजनका लागि समान लिएका र भारतमा रोजगारी नेपाल फर्कने व्यक्तिसँग पैसा असुली गरिन्छ । 

यस सम्बन्धमा भन्सारका जिम्मेवार कर्मचारी बेथितिको बारेमा बुझ्न रोज्दा कार्यवाहक भन्सार प्रमुख लक्ष्मण ढुङ्गाना आफ्नो कार्यकक्षबाट उठेर भाग्छन् । भैरहवा भन्सार कार्यालयको हेल्प डेक्समा सिसिटिभी जडान गरिएको छ । कार्यालय प्रमुखको कार्यकक्षबाट दिनमा कति व्यक्तिसँग पैसा उठाइन्छ भनेर हेर्न सकिन्छ तर प्रमुख नै बेखबर हुन्छन् । यस विषयमा भन्सार विभागका प्रवक्क्ता पुण्यविक्रम खड्काले भैरहवा भन्सार कार्यालय परिसरमा भएका गतिविधिलाई सूक्ष्म ढंगले अध्ययन गरेर सुधार ल्याउने बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस