अमेरिकाबाट केहिपाठ सिक्ने कि ? - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

अमेरिकाबाट केहिपाठ सिक्ने कि ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
Sunrise bank
अमेरिकाबाट केहिपाठ सिक्ने कि ?
LBEF
NCH-IPS

विश्व परिवेशमा बैंकिङ प्रणालीको इतिहास हेर्दा रोमन साम्राज्यको समयमा उत्तर इटालीमा बैंकिङ प्रणालीका विकास भएर १५ र १६औं शताब्दीमार उत्तर युरोपमा फैलियो । शुरुमा बैंकले व्यापारी र किसानलाई  अन्न ऋण दिने गरिन्थ्यो । यसको सिको गर्दै १७औं शताब्दीमा डच गणराज्य र १८औं शताब्दीमा लण्डनले बैंकिङ प्रणालीमा धेरै सुधारहरु गरे । २०औं शताब्दीमा, दूरसञ्चार र कम्प्युटरको विकासले बैंकको सञ्चालन ठूलो परिवर्तन ल्याउनुको साथै बंैकको आकारमा नाटकीय रुपमा वृद्धि भई भौगौलिक क्षेत्रमा पनि विस्तार गर्न मद्दत पुर्यायो । 

अमेरिकाको आर्थिक विकासको अध्ययन गर्दा त्यहाँको बैंकिङ प्रणाली ठूलो भूमिका रहेको पाइन्छ ।  अमेरिकाको बैंकिङ प्रणालीको इतिहास हेर्दा युद्धलाई सहायता गर्न सन् १७८० मा स्टेट चार्टर्ड बैंक अफ पेनसिल्वेनिया स्थापना गरियो । सन् १७८१ मा कांग्रेस परिसंघले एउटा कानुन पारित गरी फिलाडेलिफयामा बैंक अफ नर्थ अमेरिका स्थापना गर्याे । बैंक अफ नर्थ अमेरिकालाई राष्ट्रियस्तरमा मुद्राको रुपमा क्रेडिट विल्स जारी गर्ने एकाधिकार दिइएको थियो । 

संघीयताको अधिनमा कांग्रेस परिसंघले एक नियमावली पास गरी मोरिस रोवर्टलाई  वित्तको सुपरिटेण्डेन्ट नियुक्त गर्नुकोसाथै बैंक अफ नर्थ अमेरिकालाई सरकारको एकमात्र वित्तीय र मौद्रिक प्रतिनिधिको रुपमा कार्य गर्ने अख्तियारी दियो । १८औं शताब्दीको अन्त्यतिर आइपुग्दा संयुक्तराज्य अमेरिकामा जम्मा ३ वटा बैकहरु थिए भने अंग्रेजी, स्पेनिस, फ्रान्सेली र पोर्चुगिज भाषामा सिक्का र मुद्रा जारी गरिएको थियो । यी मुद्राको विनिमय दर  भौगोलिक क्षेत्र अनुसार फरक–फरक र घटबढ गर्दथ्यो । जसले गर्दा व्यवसायीलाई स्थानीय स्तरमा व्यवसाय गर्न कठिनाईको सामना गर्नु पर्दथ्यो ।  

सन् १८१५ युद्ध समाप्त र भएपछि निजी बैंकहरु अत्याधिक स्थापना भए । सन् १८१९  मा निजी बैंकिङ विष्फोटनको आवस्था सिर्जना भयो । सन् १८३७ मा मिसिगन चार्टर्ड कानुन पारित भएपछि संयुक्तराज्य अमेरिकामा स्वतन्त्र बैंकिङ युग शुरु भयो । सो कानुन बमोजिम संयुक्तराज्य अमेरिकामा स्वतन्त्र रुपमा बंैक स्थापना र सञ्चालन गर्न सकिने भयो । स्वतन्त्र बैंकिङ युगको कमि कमजोरीलाई सुधार गर्नको लागि त्यहाँको सरकार कंग्रेसले राष्ट्रिय बैंकिङ कानुन १८६३ र १८६४ परित गर्याे । जसले संयुक्तराज्य अमेरिका राष्ट्रिय बैंकिङ प्रणालीको निर्माण र संघीय सरकारले बैंकिङ प्रणालीलाई व्यवस्थापन गर्न सक्ने विशेष अधिकार प्रदान गर्याे । यस कानुनले अमेरिकी ट्रेजरी सुरक्षणको प्रत्याभूतिको आधारमा राष्ट्रिय मुद्राको विकास गर्न मद्दत गर्याे । यसले युनाइटेड स्टेट अफ ट्रेजरी डिपार्टमेन्टको एक भागको रुपमा अफिस अफ कम्पोट्रोलर अप दि करेन्सी स्थापना गरियो । जसलाई राष्ट्रियस्तरका चार्टर्ड बैंकहरुलाई अनुगमन र नियमन गर्ने अधिकार दिइयो । 

सन् १९०७ को मध्य अक्टोबरदेखि आएको वित्तीय संकटको निजी क्षेत्रका व्यावसायिक समूहले समाधान गरे र जसले आफुलाई समस्याग्रस्त बैंकको अन्तिम ऋणदाताको रुपमा स्थापित गरे । यो समस्याको समाधान गर्न सफल भएपछि फेडरल एजेन्सीलाई सोही कार्य गर्न अनुरोध गरियो । यसको प्रतिक्रिया स्वरुप अमेरिकन सरकारले फेडरल रिजर्भ कानुन १९१३ पारित गरी फेडल रिजर्भ प्रणालीको विकास गरियो । 

बैंकमा तरलताको समस्या आएको बखत निक्षेपकर्ताहरुले तीव्र रुपमा बैंकको निक्षेपमा राखेको रकम झिक्ने गर्छन् । अमेरिकी सरकारले तरलताको समस्याबाट बैंकहरुलाई बचाउन बैंकको अन्तिम ऋणदाताको रुपमा कार्य गर्न केन्द्रीय बैंक स्थापना गर्याे । यो कानुनले थुप्रै क्षेत्रीय संघीय रिजर्भ बंैक र सात सदस्यीय गभर्निङ बोर्ड प्रणालीको विकास गर्याे । कंग्रेसले राष्ट्रमा लचिलो रुपमा मूद्राको आपूर्ति गर्न फेडरल रिजर्भ नोट बनायो ।

आमजनताको आवश्यकता पूरा गर्न फेडरल रिजर्भ बैंकलाई फेडरल रिजर्भ नोट सार्वजनिक निष्काशन गरी बैंकिङ संस्थामा स्थान्तरण गर्ने अधिकार दिइएको थियो ।  फेडरल रिजर्भ कानुन १९१३ ले वर्तमान फेडरल रिजर्भ प्रणालीको विकास गर्याे । संयुक्त अधिराज्य अमेरिकामा रहेको सबै बैंकहरु फेडरल रिजर्भ प्रणाली (एक अर्धसरकारी संस्था) को अधिकार क्षेत्रभित्र ल्यायो । १२ वटा फेडरल रिजर्भ बैंकको निर्माण गरियो ।  यसको  फेडरल रिजर्भ बोर्डले निगरानी गर्छन् । हाल संयुक्तराज्य अमेरिकामा बैंकको प्राथमिक नियामक निकायहरु  फेडरल डिपोजिट इन्स्यारेन्स कर्पोरेसन, फेडरल रिजर्भ बोर्ड वा अफिस अफ दि कम्पोट्रोलर आफ दि करेन्सी रहेका छन् । संयुक्तराज्य अमेरिकामा सन् १९६६ मा झन्डै २४ हजार जति बैंकहरु रहेकोमा घटेर सन् २०१९ मार्चसम्म आइपुग्दा ४ हजार ६ सय ५२ वटा बैंकहरुले कारोबार गरिरहेका छन् । एस एन्ड पी ग्लोबल इन्टेलिजेन्सको सन् २०१८ को रिपोर्ट अनुसार कुल सम्पत्तिको आधारमा विश्वका सय ठूला बैंकमध्ये ११ वटा ठूला बैंकहरु संयुक्तराज्य अमेरिकामा रहेका छन् । 

सन् १९८० दशकको अन्त्यतिर अमेरिक नियामक निकायले बचत तथा ऋणको सम्बन्धमा बैंकरहरुको नैतिक खतराको सामना गर्नु पर्याे । यो क्षेत्रमा वित्तीय संकटको विस्फोटन भयो । यो समस्याको समाधान गर्न अमेरिकन सरकारको अनमानित १४ विलियन यूएस डलर खर्च भयो । यस संकटले थुप्रै राम्रो कुरा आए । सयांै साना वित्तीय संस्थाहरु बन्द भए । वित्तीय संस्था सुधार, वसुली र प्रवर्तन कानून (Recovery and Enforcement Act) १९८९ पारित गरियो । जसले गर्दा नियमनकारी निकायले कुनै बैंक कमजोर अवस्था रहेको वा नराम्रोसँग चलेको छ भन्ने शंका लागेमा तुरुन्तै सुधारतर्फ लैजान आवश्यक कार्य गर्ने सक्ने व्यवस्था गरियो । 

त्यसैगरि २००७–२००८ मा अमेरिकाबाट शुरु भएको अर्को वित्तीय संकटले विश्वव्यापी रुप लिन पुग्यो । सो वित्तीय संकट जोखिमयुक्त घरजग्गा लगानीले शुरु भएको थियो । घरजग्गा दलालले कमिसनको लोभमा भविष्यमा घरजग्गाको मूल्य वृद्धि हुनेछ भनेर गरिब ऋणीलाई फसाउँथे  र कम धितो वा बिनाधितोमा वा ऋणीको क्रय क्षमताको जाँच नगरी बैंक ऋणमा आवास बेच्ने कार्य गरे । 

बैंक तथा वित्तीय संस्थाले यस खुद्रा ऋणलाई एकमुष्ट जमानत प्राप्त दायित्व बनाई अन्तर्राष्ट्रिय लगानीकर्तालाई बेचिदिए । बंैकले लगानी गरेको सम्पत्तिको मूल्य घट्न थाल्यो । यी सम्पत्तिहरुको खरिदकर्ता घट्न थाले । जसको फलस्वरुप यी सम्पत्तिमा लगानी गरेका बैकहरुले तरलताको संकटको अनुभव गर्न थाले । जब वियर्स स्टअर्नको दुई वटा हेज फन्ड ध्वस्त भएपछि सब–प्राईम अर्थात उप घरजग्गा धितोकर्जा संकट २००७ को जुन महिनाबाट शुरु भयो । ७ सेप्टेम्बर २००८ मा फ्रेडी म्याक र फ्यान्नी माए लाई सरकारले आपm्नो नियन्त्रणमा लियो ।

लेहम्यान ब्रदर्सले १५ सेप्टेम्बर २००८ टाट पल्टिएको घोषणा गर्याे । मेरिल लिन्च, एआईजी, एचबीओएस, रोयल बैंक अफ स्कटल्यान्ड, बै्रंड फोर्ड एन्ड बिङले, फोर्टिस, हाइपो रिएल स्टेट र एलान्स एन्ड लिसेस्टर जस्ता बैंक, वित्त र बीमा जस्ता कम्पनी पनि टाट पर्ने बाटोमा लागे । त्यसको लगत्तै अमेरिकाको संघीय सरकारले अमेरिकन इन्स्योरेन्स ग्रुपलाई ८५ विलियन युएस डलरको सहयोग गर्ने घोषणा गर्याे । अमेरिकन सरकारको खर्बाै डलरको सहयोगको बाबजुत ऋण पाउन कठिन हुन थाल्यो । अमेरिकामा भएको वित्तीय संकटकोे लगत्तै ब्रिटिस सरकारले रोयल बैंक अफ स्कटल्यान्डलाई बचाउन सहयोगको घोषणा गर्याे । 

जसको असर अमेरिकाबाट ब्रिटेन हुँंदै युरोप र विश्वको पुँजी बजारमा देखिन थाल्यो । जबकी ठूला बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न देशका सरकारले विशेष सहयोगमार्फत बचाउँदा पनि संसारभरिका शेयर बजार भने तल झर्न रोकिन ।  सन् २००८ देखि २०१२ मा युरोपियन युनियनमा आर्थिक मन्दीको सामना गर्नु प¥यो । जसको फलस्वरुप युरोपियन युनियनको ऋणपत्रमा संकट देखा प¥यो । 

यसको असर आवासलगायत धेरै क्षेत्रमा देखियो  र धेरै प्रकारका संस्था टाट पल्टिनुको साथै बन्द हुन पुगे र विकसित देशमा लामो समय बेरोजगारीको समाना गर्नु पर्याे । अमेरिकन सन् २००७–२००८ मा भएको वित्तीय संकटलाई मध्यनजर गर्दै बासेल समितिका सदस्यहरु बैंक सुपरीवक्षेणसम्बन्धी बासेल–३ ल्याउन सहमत भए । त्यसैगरी संयुक्तराज्य अमेरिकामा बैंकको प्राथमिक नियामक निकायहरु फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन, फेडरल रिजर्भ बोड, वा अफिस अफ दि कम्पोट्रोलर अफ दि करेन्सीलाई नियमन र सुपरीवक्षेण गर्न अझ सशक्त बनायो ।

संसार भरिमा रहेको कम्पनी स्थापनासम्बन्धी कानुनले कम्पनीलाई एक स्वतन्त्र ब्यक्तिको रुपमा मानेको छ । कम्पनी विलय, अधिग्रहण, मिसिने र खरिद गर्ने अधिकार सञ्चालक समितिमार्फत सोही कम्पनीको लगानीकर्तालाई दिएको छ न कि नियमनकारी निकाय वा राज्यलाई । अमेरिकामा बजार एकाधिकार गर्न, सिन्डिकेटमार्फत वस्तु तथा सेवाको एक मूल्य निर्धारण गर्न, दुई ठूला कम्पनी वा संस्थाहरु विलय गर्न एन्टी ट्रस्टमार्फत निषेध गरेको छ । बरु त्यहाँ कम्पनीहरुलाई सजिलो प्रवेश, खुला प्रस्पिर्धा र बाहिरन निष्कन  पाउने ब्यवस्था गरेको छ । त्यहाँको सरकारले कुरालाई ध्यान दिन्छ । पहिलो, त्यसले सामाज र देशलाई दिने सेवा, दोस्रो त्यस कम्पनीले गरेको रोजगारी र तेस्रो कम्पनीले तिर्ने कर तथा बहन गर्ने सामाजिक उत्तरदायित्व पर्दछन् ।
 

प्रतिक्रिया दिनुहोस