थप २० वटा साझा बस बालाजु आईपुग्यो, कस्काे कति शेयर ? - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

थप २० वटा साझा बस बालाजु आईपुग्यो, कस्काे कति शेयर ?

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • बुधबार, ११ बैशाख २०७६
Sunrise bank
थप २० वटा साझा बस बालाजु आईपुग्यो, कस्काे कति शेयर ?
LBEF
NCH-IPS

काठमाडौं महानगरपालिकाले यात्रुको सुविधाको लागि थपेकाे २० वटा साझा बस  काठमाडौं बालाजु ल्याइपुर्याएकाे छ । चेक जाँच पश्चात साझा यातायातलाइ हस्तान्तरणा गरि सञ्चालनमा ल्याउने भएकाे छ । हाल सञ्चालन भैरहेको ५१ वटा साझाबसले मात्र यात्रुको चाप धान्न नसकेको आँकलन गर्दै थप २० वटा बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम  भारतबाट ती बस मगाइएको हो ।


यो सँगै काठमाडौं उपत्यका भित्र ७१ वटा साझा बस चल्ने भएका छन् । सरकारको ६१ प्रतिशत, काठमाडौं महानगरपालिका ३५.१४ प्रतिशत, ललितपुर महानगरपालिका २.३४ प्रतिशत, गोदावरी नगरपालिका ०.२३ प्रतिशत, सर्वसाधारण ०.७६ प्रतिशत, सघंसस्था ०.२६ प्रतिशत, गरि २ सय २८ जनाले शेयर हालेका छन् । सर्वसाधारणबाट १ सय ५४ जनाले शेयर हालेका छन् । साथै काठमाडाैं महानगरपालिकाबाट ५ करोड र लतिलपुरमहानगरपालिकाबाट १ करोड लगानी गरेका छन् ।


काठमाडौं उपत्यकाका मुख्य मुख्य ठाउँ कोटेश्वर, बानेश्वर, गौशाला , घण्टाघर, चाबहिल,  माइतिघर, लगनखेल, जाउलाखेल, लैनचौर,पानीपोखरी, बसुन्धारा,नयाँबसपार्क, तिलगंगा, रातोपुल, बागबजार, पुरानो बर्सपार्क, जस्ता  विभिन्न स्थानमा मानिसहरुको चाप बढि हुने गर्दछ । 

यात्रुको चाप बढि हुने स्थानलाई मध्यनजर गरी, यात्रुको सहजताको  लागि महानगरपालिकाले सरकारसंग सम्झौता गरी साझा बस सञ्चालन गरेको हो । थप गरेका बसहरु पुरानो रूट वा मानिसको  चापको आवश्यकता अनुसार पनि चलाउन सकिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । 

काठमाडौंका मुख्य सहरमा जाम र यात्रुको मात्रा अत्याधिक हुने गर्दछ । महानगरपालिकाले गरेको पिकपड्रप, स्मार्ट डस्मिन, धुलो बढार्ने ब्रुमरले न जाम कम गर्यो न धुलो र फोहोर नै कम भयो । महानगर र सरकारको सम्झौतामा ल्याएको थप २० वटा साझा  बसले  यात्रुलाई सहज होला त ? काठमाडौं महानगरपालिकाले भने थप २० वटा बसले यात्रुलाई सहज हुने दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस