
काठमाडौं । भोली बिहीबार सार्वजनिक बिदा हुने भएको छ । सरकारले शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयलले बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ।
प्रतिक्रिया दिनुहोस