अशोक लेलैण्डका गाडीमा ज्योति विकास बैंकको ७० प्रतिशतसम्म कर्जा - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

अशोक लेलैण्डका गाडीमा ज्योति विकास बैंकको ७० प्रतिशतसम्म कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
Sunrise bank
अशोक लेलैण्डका गाडीमा ज्योति विकास बैंकको ७० प्रतिशतसम्म कर्जा
LBEF
NCH-IPS

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सको अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता भएको  छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा  र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका थिए । 

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा ज्योति विकास बैंकबाट पाउने बैंकले जनाएको छ । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । 

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । 

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस