aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

रुस र युक्रेनका कारण विश्वभरीको सप्लाई चेन विग्रदै, कच्चा तेलको मूल्य ८ वर्षयताकै उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ फागुन २०७८
रुस र युक्रेनका कारण विश्वभरीको सप्लाई चेन विग्रदै, कच्चा तेलको मूल्य ८ वर्षयताकै उच्च
NIBL

एजेन्सी । रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही शुरु भएपछि विश्वभरीका बस्तुहरुको सप्लाई चेनमा ठूलो असर पर्न थालेको  छ । रुसले युक्रेन विरुद्ध युद्ध घोषणा गरेपछि कच्चा तेल (ब्रेन्ट क्रुड) को मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ । यो ८ वर्षको उच्च हो । विज्ञहरूका अनुसार आगामी दिनमा यसको मूल्य १२० डलरसम्म पुग्न सक्छ । जसका कारण पेट्रोल र डिजेल २० रुपैयाँसम्म महँगो हुन सक्नेछ ।

रुसमाथिको प्रतिबन्ध र रुसी ग्यास पाइपलाइनहरू अवरुद्ध भएपछि तेलको मूल्य यस हप्ताको सुरुमा बढेको थियो । साउदी अरेबिया पछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । यो प्राकृतिक ग्यासको विश्वको सबैभन्दा ठूलो निर्यातक पनि हो । 

बेलायतले आफ्नो प्रयोगका लागि किन्ने तेल र ग्यास सबै रुसबाट आउँदैन । तर, विश्वव्यापी रूपमा तेलको मूल्य बढे पनि यसले बेलायतसँगै लगभग सबै देशलाई असर गर्छ । रुस युक्रेनमा गएपछि अमेरिका, बेलायत र अन्य केही सहयोगी राष्ट्रहरूले रुसमाथि धेरै प्रतिबन्ध लगाएका छन् । बेलायतले रुसका पाँच बैंक र तीन रुसी अर्बपतिको सम्पत्ति रोक्का गरी उनीहरुमाथि यात्रा प्रतिबन्ध लगाएको छ ।

मंगलबार, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘यी प्रतिबन्धहरू प्रारम्भिक छन् र विस्तार गर्न सकिन्छ ।’ तर, पछिल्ला केही दिनयता बढ्दो विश्वव्यापी तनावको असर बजारमा पनि परेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभरी नै आज शेयर बजारमा ठूलो गिरावट आएको छ । 

बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्स दिउँसो २.२० बजे २००० अंकभन्दा बढि ५५,२३० मा झरेको छ । अर्कोतर्फ, निफ्टी पनि करिब ६०३ अंकले घटेर १६,४५९ मा कारोबार गरिरहेको छ । अर्कोतर्फ आज सुनको भाउमा उच्च वृद्धि भएको छ । नेपालमा आज सुनका मूल्य ९९ हजार पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस