aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निस्शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० फागुन २०७८
Global IME
हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निस्शुल्क
DHI
nmb

पोखरा । सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निस्शुल्क पाउने भएका छन् ।

जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सकिन्छ । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २।१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ । 

केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडे पछी सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड जिप फ्लायरुको फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत  सुरुवात गरेको छ । 

जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप ९भिरालो० ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा बिश्वकै भिरालो जिपलाइनुका रुपमा दर्ता गर्न आवेदन दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ ।

बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न  औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।
 

प्रतिक्रिया दिनुहोस