पाँच सय म्यानपावर खारेज हुने - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

पाँच सय म्यानपावर खारेज हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
Sunrise bank
पाँच सय म्यानपावर खारेज हुने
LBEF

सरकारले लगातार दुई वर्षसम्म एक सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच सय ६२ म्यानपावरले एक भन्दा सयभन्दा कम कामदार पठाएका छन् ।

सरकारी नीति अनुसार यी म्यानपावर खारेजीमा पर्ने सम्भावना देखिएको छ । सरकारले पछिल्लो चरणमा सयभन्दा कम कामदार पठाउने म्यानपावर खारेजी गर्ने नीति अबलम्बन गरेको छ ।

धरौटी बढाएर म्यानपावरको संख्या घटाउने तयारी छ । भदौ १९ गतेदेखि म्यानपावरले धरौटी बढाउनुपर्नेछ । धरौटीका साथै म्यानपावरको भौतिक पूर्वाधार संरचना, कामदार पठाउनेको संख्यालगायत विश्लेषण गरेर कार्यविधि बनाउने तयारी सरकारको छ ।

भदौ १९ देखि पाँच हजारभन्दा बढी कामदार पठाउनेको धरौटी दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी हुनुपर्नेछ । यस्तै वार्षिक पाँच हजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थाको हकमा धरौटी एक करोड रुपियाँ नगद र दुई करोड बैंक ग्यारेन्टी हुनुपर्नेछ । हाल म्यानपावरले सात लाख नगद र २३ लाख बैंक ग्यारेन्टी राखे पुग्ने व्यवस्था छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस