
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक शुक्रबार पुनः बस्ने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार साँझ बसेको बैठक निश्कर्षमा नटुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरी बैठक समाप्त भएको थियो ।
बिहिबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेका थिए । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता बुधबार टेबल गर्ने तयारी गरेको भए पनि टेबल हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस