क्षमताभन्दा बढी यात्रुका कारण बस दुर्घटना, मृत्यु भएका पाँच जनाको सनाखत - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

क्षमताभन्दा बढी यात्रुका कारण बस दुर्घटना, मृत्यु भएका पाँच जनाको सनाखत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
Sunrise bank
क्षमताभन्दा बढी यात्रुका कारण बस दुर्घटना, मृत्यु भएका पाँच जनाको सनाखत
LBEF
NCH-IPS

धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५ः३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

डडेलधुरामा आज विहान भएको बस दुर्घटनामा मृतक पाँचै जनाको सनाखत भएको छ  । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् । 

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार दुर्घटनामा परी बझाङ्गको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्तीको मृत्यु भएको छ । त्यस्तै बझाङ्ग कै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी वर्ष २५ का नरेन्द्र गुरुधामी र विहार भारतका मोहमद नासिरको मृत्यु भएको छ ।

मृत्यु भएका दुई महिलाहरुमा बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन् । गम्भीर घाईते बझाङ्ग मस्टा गाउँपलिकाका विनोद थापा, भारत विहारका मनासिर, कैलालीको गोदावारी १० का रेशम चौधरी, बझाङ्गको थलारा गाउँपालिकाका धनबहादुर चौहानलाई थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस