‘जता पनि जामै जाम’ बाटोमा गाडीको जाम, शेयर भर्न लाग्दा सिस्टमै जाम - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

‘जता पनि जामै जाम’ बाटोमा गाडीको जाम, शेयर भर्न लाग्दा सिस्टमै जाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
Sunrise bank
‘जता पनि जामै जाम’ बाटोमा गाडीको जाम, शेयर भर्न लाग्दा सिस्टमै जाम
LBEF
NCH-IPS

काठमाडौं, वैशाख ११ । प्राथमिक शेयर निष्कासन (आईपीओ) र डिबेन्चर (ऋणपत्र) गरी एकैपटक नौ कम्पनीको शेयर आएपछि सिस्टम नै जाम हुन पुगेको छ । सवारी साधान अत्याधिक बढेका कारण काठमाडौं उपत्याकाको बाटोमा देखिने जामजस्तै कम्पनीको शेयर भर्दा पनि सिस्टममा जाम देखिएकोे हो ।

आईपीओ र डिबेन्चरको शेयर भर्न चाप बढ्दा सिस्टममा समस्या आएको सीडीएस एन्ड क्लियरिङको भनाइ छ । नौ कम्पनीमध्ये नेपाल एग्रो लघुवित्त, गणपति माइक्रोफाइनान्स, सान्जेन जलविद्युत् र रसुवागढी जलविद्युतको शेयरमा अत्याधिक लोड देखिएको छ । लोड बढी भएकै कारण सान्जेन र रसुवागढीको शेयर भर्ने म्याद दुई दिन थपिएको छ । उक्त कम्पनीको शेयर बिहीबारसम्म थपिएको छ ।

प्राथमिक बजारमा शेयर तथा ऋणपत्रको चाप बढ्दा अनलाइन सिस्टममा समस्या आएपछि लगानीकर्ताले गुनासो गरेका थिए । लगानीकर्ताको गुनासोलाई सम्बोधन गर्दै सान्जेन र रसुवागढीको शेयर भर्न म्याद थपिएको हो ।

लगानीकर्ताले सीडीएस एन्ड क्लियरिङको ‘मेरो शेयर’ अनलाइनमार्फत प्राथमिक शेयर भर्दै आएका छन् । प्राथमिक शेयरमा करिब ७० प्रतिशत आवेदन अनलाइनबाट आउने गरेका छन् । यतिबेला प्राथमिक शेयर र केही बैंकको ऋणपत्र बिक्री खुला भइरहेकाले लोड परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

अनलाइनबाट आवेदन दिइसकेपछि माग गरिए बराबरको रकम बैंक खातामा रोक्का हुन्छ । सो कम्पनीको शेयर बाँडफाँड भएपछि परेको शेयरको रकम कटौती भई बाँकी रकम पुनः खातामै आउँछ । तर, अहिले एकैपटक धेरै कम्पनीको शेयरमा रकम ब्लक गर्नुपर्ने अवस्था आएको लगानीकर्ताको गुनासो छ ।

लगानीकर्ताले एकै समयमा धेरै कम्पनीको शेयर निष्कासन गर्न नहुने सुझाव दिँदै आए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन् । यसअघि धितोपत्र बोर्डले समेत प्राथमिक शेयर निष्काशन नजुधाउन निर्देशन दिएको थियो । तर, सीडीएससीले त्यसको ख्यालै गरेन् अहिले देखिएको समयस्या आगामी दिनमा दोहोरिन नहुने सुझाव लगानीकर्ताले दिएका छन् । आगामी दिनमा प्राथमिक शेयर निष्काशनको एकै समयमा अर्थात एक अर्काबीच शेयर निष्काशनको सयम नजुध्ने गरी सार्वजनिक गरिने भएको छ । 


प्राथमिक शेयर निष्काशन जुध्दा एकैपटक भार समेत थपिने गरेको लगानीकर्ताको गुनासो छ । एकैपटक धेरै कम्पनीको शेयर निष्काशन गर्दा साना लगानीकर्तालाई रकमको जोहो गर्न समस्या हुने गरेको छ । प्राथमिक शेयरमा साना लगानीकर्ताले उच्च चासो लिँदै शेयर भर्ने गरेका छन् । एकैपटक धेरै कम्पनीको शेयर खुल्दा साना लगानीकर्ता शेयर भर्नबाट बन्चित हुन सक्ने सम्भावना बढी हुने गरेकाले एकै सयममा धेरै कम्पनीको आईपीओ ल्याउन नहुने सरोकारवालाहरुको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस