aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

लाइसेन्सको लागि ट्रायलको पर्खाइमा हुनुहुन्छ ? हेर्नुहोस् यो सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
himalayanlife
लाइसेन्सको लागि ट्रायलको पर्खाइमा हुनुहुन्छ ? हेर्नुहोस् यो सूचना
DHI
NIBL

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि परीक्षा तालिका सार्वजनिक भएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र ठुलोभर्याङ काठमाडौंले लाइसेन्सको लागि ट्रायल परीक्षाको पर्खाइमा रहेकाहरुका लागि बुधबार एक सूचना प्रकासित गरेको हो ।   

आज बुधबार राजश्व बुझाएकाहरुको लिखित परीक्षा आगामी फागुन ३ गते लिखित परिक्षा हुने भनिएको छ । उक्त परिक्षा ठुलोभर्याङ कार्यालय परिसरमा बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन हुने जनाइएको छ । 

त्यस्तै, वर्ग थपको राजश्व बुझाएकाहरुको पनि ट्रायल परिक्षा सञ्चालनबारे सूचना सार्वजनिक गरिएको छ । वर्ग थपको मोटरसाइकल, स्कुटर र मोपेडको ट्रायल परीक्षा यहि माघ २८ गते हुनेछ भने अन्य कार जिप, डेलिभरी भ्यानको ट्रायल परीक्षा यहि माघ २७ गते हुने र मिनिबस र मिनि ट्रकको ट्रायल परीक्षा यहि माघ २८ गते हुनेछ भने बस, ट्रक, लरीको परिक्षा आगामी फागुन ४ गते हुने सूचनामा उल्लेख गरिएको छ । उक्त ट्रायल परिक्षा भेहिकल एकेडेमी एण्ड रिसर्च प्राली गर्जुधारा काठमाडौंमा हुने जनाइएको छ । 

त्यसैगरि, वर्ग थपकै लागि लरीको ट्रायल परीक्षा जे१÷जे२ मेसिनरीको ट्रायल परीक्षा फागुन २ गते हुने सूचनामा जनाइएको छ । यसको ट्रायल परिक्षा अनुश्री डि बी मोटर ड्राइभिङ गणेश चोक, नारायणथान बुढानिलकण्ठमा बिहान १० बजेदेखि हुनेछ ।  


 

प्रतिक्रिया दिनुहोस