भारतका गाडी उत्पादक कम्पनीमा मन्दी, २७ प्रतिशतसम्म गिरावट - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

भारतका गाडी उत्पादक कम्पनीमा मन्दी, २७ प्रतिशतसम्म गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ साउन २०७६
Sunrise bank
भारतका गाडी उत्पादक कम्पनीमा मन्दी, २७ प्रतिशतसम्म गिरावट
LBEF
NCH-IPS

काठमाडौं । भारतमा अटो सेक्टरमा आएको मन्दीका कारण कार उत्पादक कम्पनीहरुको आम्दानीमा ठूलो गिरावट आएको छ । भारतको प्रमुख कार उत्पादक कम्पनी मरुतीका आर्थिक वर्ष २०१९–२० पहिलो त्रैमासमा ठूलो घाटा बेहोर्नु परेको छ । यो आर्थिक वर्षमा मरुतीको नाफामा २७.३ प्रतिशतले गिरावट आएको छ ।  गतवर्ष कम्पनीले १९७५.३ करोड भारु कमाएको थियो 

। यसवर्षको पहिलो त्रैमासमा १४३५.५ करोड भारु मात्र कमाएको छ । मारुती सुजुकी अनुसार यो त्रैमासमा ४०२५९४ वटा गाडी विक्री गरेको छ जुन गत वर्षभन्दा १७.९ प्रतिशत कम हो । 

मारुतीले भारतमा ३७४४८१ वटा गाडी विक्री गरेको छ । जुन गतवर्षभन्दा १९.३ प्रतिशत कम हो । त्यस्तैगरि, अर्को कार उत्पादक कम्पनी टाटाको पनि ३६७९.६६ करोड घाटा भएको छ । 

प्रतिक्रिया दिनुहोस