सबैको लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट आर्थिकन्युजमा हेर्न मिल्ने - Aarthiknews
aarthiknews.com सोमबार, ०४ कार्तिक २०७६   Monday, 21 October, 2019
 
Bajaj_Bike

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट आर्थिकन्युजमा हेर्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
Sunrise bank
सबैको लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट आर्थिकन्युजमा हेर्न मिल्ने
LBEF

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।

सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।

सबैको लघुवित्तको आइपीओकाे रिजल्ट केहिवेरमा आर्थिकन्युबाटै https://aarthiknews.com/ipo-result  क्लिक गरि हेर्न मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस