संकटमा वायुसेवा निगम - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

संकटमा वायुसेवा निगम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
Sunrise bank
संकटमा वायुसेवा निगम
LBEF

वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् ।


निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ  ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् ।


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामको वाइडबडी जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा तीनवटा किस्ता तिर्न सकेको छैन ।


निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यवसायिक योजनाअनुसार उडान नहुँदा गत आवमा मात्रै करिब दुई अर्ब घाटा भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस