
जापान जाने कामदारलाई भाषा पढाउने प्रशिक्षकका लागि अब जापान गएरै भाषा प्रशिक्षणसम्बन्धी तालिम अनिवार्य गरिएको छ ।
जापान सरकारले नेपाल लगायत अन्य राष्ट्रबाट रोजगारीका लागि माग गर्ने विशेष दक्ष कामदारको भाषा प्रशिक्षकका लागि प्रशिक्षकको यस्तो मापदण्ड तोकेको हो ।
नेपालबाट समेत जापान जाने कामदारको भाषा प्रशिक्षणका लागि आवश्यक पर्ने शिक्षक माग गरेसँगै नेपाली युवा रोजगारीका लागि जापान जाने सुनिश्चित भएको छ ।
यससँगै अब जापानी भाषा प्रशिक्षणमा त्यहाँको सरकारले तालिम दिएर प्रमाणपत्र लिएका नेपालीले मात्रै भाषा पढाउन पाउने छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस