aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

टेकु अस्पतालमा खोप अभियान स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
nabil bank
टेकु अस्पतालमा खोप अभियान स्थगित
Global IME
LBF

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ । अस्पतालका निर्देशक डा. मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले स्थगित गर्नुपरेको बताए । उनका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो ।    

प्रतिक्रिया दिनुहोस