aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

ललितपुरको गुठी घरबाट मूर्ति चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
nabil bank
Global IME
LBF

ललितपुर । ललितपुर महानगरपालिका २६ सुनाकोठीस्थित गुठी घरबाट पितलबाट बनेको दुई फिट अग्लो र डेढ फिट चौडा भएको डेढ सय वर्ष पुरानो बालकुमारीको मूर्ति गएराति चोरी भएको छ ।  

चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरू तथा मूर्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस