aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

कोभिड खोप लगाएकालाई निशुल्क लगानी व्यवस्थापन सेवा दिँदै एनआईसी एशिया क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
कोभिड खोप लगाएकालाई निशुल्क लगानी व्यवस्थापन सेवा दिँदै एनआईसी एशिया क्यापिटल
NIBL

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले कोभिडको खोप लगाईसकेका नेपाल नागरिकलाई निशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ । क्यापिटलले कोभिडको खोपको डोज पुरा गरिसकेका नेपाली नागरिकहरुलाई माघ ७ गतेदेखि फागुन मसान्तसम्म निशुल्क लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो । 

क्यापिटलले एक सुचना जारी गर्दै कोभिडको खोप लगाउन प्रेरित गर्ने उदेश्यका साथ यस्तो योजना सञ्चालन गर्न लागेको जानकारी दिएको छ । यस योजनामा सहभागी हुन चाहनेहरुले पहिलो वर्ष निशुल्क रुपमा सेवा पाउने जानकारी क्यापिटलले दिएको छ । 

योजना व्यवस्थापनको जिम्मा लिने क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय लिनेछ । कोभिड जोखिमको बेला घरमै बसि अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने जानकारी क्यापिटलले दिएको छ । 

यो सेवा लिन चाहनेहरुले क्यापिटलको वेवसाइटमा गई भर्चुअल मिटिङ्गका लागि समय लिनुपर्ने समेत क्यापिटलको भनाई छ । क्यापिटलले आफ्नो वेवसाइट मार्फत यो सेवा लिनका लागि आवश्यक कागजात अपलोडका लागि समेत लिङ्क उपलब्ध गराएको छ । धितोपत्र बजारमा लगानी गर्ने इच्क्षा भएका तर अनुभव नभएका लगानीकर्ताका लागि क्यापिटलले सुनौलो अवसर प्रदान गर्न लागेको हो । क्यापिटलले दक्ष एवम् अनुभवी व्यक्तिहरुद्वारा योजना व्यवस्थापन गर्ने हुँदा उक्त लगानीमा जोखिम कम हुने सम्भावना रहन्छ ।  
 

प्रतिक्रिया दिनुहोस