aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
nabil bank
कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न
Global IME
LBF

काठमाडौं । कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न भएको छ । बैंकको तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकमहानुभावहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरि आइतबार शाखाको समुद्घाटन सु–सम्पन्न भएको हो  । 

यस बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बराल बाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु–सम्पन्न भएको हो । 

सोसियल मिडिया, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एस्एमएस बैकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस