
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३२५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३१५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस