aarthiknews.com बुधबार, ११ जेठ २०७९   Wednesday, 25 May, 2022
 

आगामी तीन दिनको मौसम पूर्वानुमान, केहि प्रदेशमा वर्षा र हिमपातको संभावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
nabil bank
आगामी तीन दिनको मौसम पूर्वानुमान, केहि प्रदेशमा वर्षा र हिमपातको संभावना
Global IME
LBF

काठमाडौं । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ र गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावनारहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ। 

सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रही बाँकीप्रदेशका भू-भागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

आईतबार  देशभर सामान्य देखि पूर्ण बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ र गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ। 

सोमबार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
 
मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

 

 

 


 

प्रतिक्रिया दिनुहोस