
काठमाडौं । लोकसेवा आयोगले पुर्व निर्धारित सबै लिखित परीक्षा स्थगित गरेको छ । बिहिबार एक सुचना जारी गर्दै आयोगले कोरोना महामारीका कारण माघ मसान्तसम्म सञ्चालन गर्न लागेको परीक्षा स्थगित गरेको हो ।
आयोगले उक्त सुचना मार्फत माघ ११ गते देखि माघ मसान्तसम्म गर्न लागेका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
साथै उक्त सुचनामा फाल्गुुन १ गते देखि सञ्चालन हुने भनिएका लिखित परीक्षा समेत पुन तालिकिकरण गरी छिट्टै सञ्चालन गर्ने आयोगले जनाएको छ ।
लिखित बाहेकका अन्य परीक्षाहरु बाहेक पुर्वनिर्धारित कार्य भने यथायत रुपमा नै सञ्चालन गर्ने सुचनामा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस