aarthiknews.com बुधबार, ११ जेठ २०७९   Wednesday, 25 May, 2022
 

यातायात व्यवस्था कार्यालय इलामद्वारा तीन करोड राजस्व सङ्कलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
nabil bank
यातायात व्यवस्था कार्यालय इलामद्वारा तीन करोड राजस्व सङ्कलन
Global IME
LBF

मंगलबारे । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व रुपैयाँ सङ्कलन गरेको हो । 

चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन पारम सुरु भएको हो । त्यसयता बढी राजस्व सङ्कलन सुरु भएको कार्यालयले जनाएको छ । सवारीसाधन करतर्फ  दुई करोड ४३ लाख ३८ हजार २०१ रुपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रशासनिक दण्डजरिवानातर्फ १० हजार रुपैयाँ सङ्कलन भएको छ । यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट ६ लाख ३२ हजार ५० रुपैयाँ सङ्कलन भएको छ । चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ४९ लाख ९५ लाख ७ सय रुपैयाँ सङ्कलन गरेको कार्यालयका लेखा प्रमुख प्रदीप नेपालले जानकारी दिए । उनका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरणलगायत समेत राजस्व सङ्कलन भएको छ ।

यातायातसम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व सङ्कलन बढ्ने जनाइएको छ । चालक अनुमतिपत्र वितरणसँगै दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा लिइएको बताइएको छ । इलामबाट नै चालक अनुमतिपत्र वितरण सुरु भएपछि अब बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयका लेखा प्रमुख नेपालले बताए । उनका अनुसार कार्यालयमा चालक अनुमतिपत्रका लागि इलामसहित झापा, पाँचथर, ताप्लेजुङलगायतबाट समेत सेवाग्राही आउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस