
चितवन । आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
विभागले तोकेको नौ अर्ब ६५ करोड ५५ लाख १२ हजार रुपैयाँ लक्ष्यमा कार्यालयले १९ करोड २८ लाख ५५ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी हरि ढकालका अनुसार अन्तःशुल्कमा सात अर्ब ४८ करोड ६२ लाख ७५ हजार रुपैयाँ मूल्य अभिवृद्धि करतर्फ एक अर्ब आठ करोड छ लाख ५० हजार रुपैयाँ, आयकरतर्फ ९० करोड चार लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै ब्याज करमा १५ करोड नौ लाख २६ हजार रुपैयाँ, वहाल करतर्फ तीन करोड २८ लाख पाँच हजार रुपैयाँ, स्वास्थ्य सेवा करतर्फ १९ लाख तीन हजार रुपैयाँ र शिक्षा सेवा शुल्कमा २४ लाख ९१ हजार रुपैयाँ सङ्कलन भएको छ ।
ढकालका अनुसार विभागले चालू आर्थिक वर्षमा २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँराजस्व सङकलनको लक्ष्य तोकेको थियो ।अघिल्लो आर्थिक वर्षको पुससम्म कार्यालयले रु सात अर्ब ५१ करोड १६ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस