aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

बैठक चलेको तीन मिटेनमै ९०० कर्मचारीको जागिर खाने सिइओ फेरि फर्के

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
nabil bank
बैठक चलेको तीन मिटेनमै ९०० कर्मचारीको जागिर खाने सिइओ फेरि फर्के
Global IME
LBF

एजेन्सी । अमेरिकी आइटी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल गर्गले गत वर्ष जुम बैठकमा कम्पनीबाट ९०० कर्मचारीलाई निष्कासन गरेको घोषणा गरेपछि चर्चामा आएका थिए । उनको यो कदमको चौतर्फी आलोचना भएको थियो । अमेरिकास्थित कम्पनी बेटर डट कमका सीईओ विशाल गर्ग केही समयअघि लामो बिदामा गएका थिए । अब केही रिपोर्टमा गर्ग सीईओको रुपमा कम्पनीमा फर्किएको बताइएको छ ।

कम्पनीले बेटर डट कमका सीईओ विशाल गर्ग लामो बिदामा जाँदै गरेको मेलमार्फत जानकारी दिएको थियो । सीईओ बनेर विशालमा फर्किने बताइएको छ । २०१६ मा मेटर डटकमको स्थापना गर्ने विशाल गर्गको भिडियो सोशल मिडियामा भाइरल भएको थियो जब उनले ९०० जनालाई जुम कल मार्फत निकालिने घोषणा गरे । त्यसपछि उनले माफी मागेका थिए ।

यसैबीच कम्पनीका प्रमुख वित्तीय अधिकृत केभिन रायनले कम्पनीको दैनिक कार्य सञ्चालन र सञ्चालक समितिलाई रिपोर्टिङ गर्दै आएका थिए । यसै क्रममा गर्गले बजारको कार्यसम्पादन र उत्पादकत्वका कारण अमेरिका र भारतमा कर्मचारीलाई निकाल्नुपर्ने बताए ।  डिसेम्बर १ मा, गर्गले जुम भिडियो कलको क्रममा एकै क्षणमा ९०० कर्मचारीहरूलाई हटाउने घोषणा गरेका थिए । तीन मिटेन चलेको उक्त बैंठकमा यो निर्णय भएको थियो । 

प्रतिक्रिया दिनुहोस