
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण बिहिवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू.१४ करोड ७८ लाख ९४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ९ लाख ८० हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ४० लाख खराब कर्जा उठाउन सफल भएकाले, खुद ब्याज आम्दानी र सञ्चालन नापाmमा वृद्धि भएकाले नाफा बढ्नमा टेृवा पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड २५ लाख रहेको छ भने जगेडामा रू. ३६ करोड ५४ लाख ४४ हजार सञ्चित गरेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ६५ करोड १ लाख सापटि लिएर,रू. २ अर्ब ५२ करोड ६३ लाख निक्षेप संकलन गरेर रू. ७ अर्ब ६९ करोड ९० लाख कर्जा लगानी गरेको हो । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ३ दशलमव ४६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ९५ मा झरेको हो ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.५३ दशमलव ५ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३४ दशमलव ४७ गुणा, तरलता अनुपात ७ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव १३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस