aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

बोर्डले दियो दुई बीमा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
nabil bank
बोर्डले दियो दुई बीमा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति
Global IME
LBF

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ । बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको  हो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डको स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो ।

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो । 

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डको अनुमति पाएसँगै शिखर इन्स्योरेन्सले १० बराबर ३ को अनुपातमा रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ ।

शिखरले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । शिखरको हकप्रद शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल शिखर इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस