aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

बुद्ध एयरको विमान ल्याण्ड हुन नसक्दा एक यात्रु बेहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
nabil bank
बुद्ध एयरको विमान ल्याण्ड हुन नसक्दा एक यात्रु बेहोस
Global IME
LBF

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान ल्याण्ड हुन नसक्दा एक यात्रु बेहोस भएका छन् । बिहिबार बिहान काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन 9N–AJX नम्बरको जहाज नेपालगञ्ज विमानस्थलमा डेढ घण्टासम्म ल्याण्ड हुन नसक्दा एक महिला यात्रु बेहोस भएकी हुन् ।  

बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा काठमाडौंबाट नेपालगञ्ज उडेको विमान ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको बताए । उनले भने, ‘उक्त विमान बिहान ८ बजेर ४० मिनेटमा नेपालगञ्ज अवतरण हुनुपर्ने थियो । तर, मौसम प्रतिकुल नभएपछि डेढ घण्टासम्म ल्याण्ड हुन सकेन । अहिले उक्त विमान ल्याण्ड भइसकेको छ ।’    

तर, उनले विमान ल्याण्ड हुन नसक्दा एक यात्रु बेहोस भएको भन्ने सुनेको तर विस्तृत जानकारी आइनसकेको आर्थिक न्युजसंग बताए । उनले भने, ‘लामो समयसम्म आकाशमै विमान होल्ड हुँदा आत्तिएर एक यात्रु बहोस भएको भन्ने चाँही सुनिएको तर, विस्तृत विवरण आइसकेको छैन ।’     

प्रतिक्रिया दिनुहोस