
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको छ । बिहीवार सार्वजनिक बैंकको सो अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष यो नाफा २५ दशमलव ६६ प्रतिशत बृद्धि भएको हो ।
गत वर्ष यस अवधिसम्म बैंकले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ यो नाफा गरेको थियो । यस वर्ष बैंकको वितरणयोग्य नाफा पनि २६ दशमलव ३० प्रतिशत बृद्धि भएको छ । गत वर्ष २७ करोड ६० लाख ४८ हजार रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।
बैंकको सञ्चालन नाफा यस वर्ष साढे २५ प्रतिशत बढेको छ । गत वर्ष रू. ५० करोड ३६ लाख ३ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ६३ करोड २३ लाख ५४ हजार पुगेको हो । हाल बैंकको चुक्तापूँजी रू. २० अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४६ दशमलव ४२ प्रतिशत बृद्धि भई रू. २ अर्ब ८४ करोड ४४ लाख ६ हजार पुगेको छ ।
बैंकले यस वर्ष रू. ३३ करोड ७७ लाख ४९ हजार निक्षेप संलकन गरेको छ भने रू. ७८ करोड कर्जा सापटी लिएको छ । दोस्रो त्रैमाससम्म रू. ४ दशमलव ४३ प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव २२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस