
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू(भागका केही स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भागहरुमा आन्शिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सुरकुहिरो लागेको छ।
बिहीबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
शुक्रबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
शनिबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
प्रतिक्रिया दिनुहोस