aarthiknews.com बुधबार, ११ जेठ २०७९   Wednesday, 25 May, 2022
 

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
nabil bank
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
Global IME
LBF

काठमाडौं । पेट्रोलियम पदार्थको फेरि मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रति किलो लिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।

मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रती किलो लिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस