aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४७२ थप सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
nabil bank
पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४७२ थप सङ्क्रमित
Global IME
LBF

इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा  ५ हजार ४७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ । महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअनुसार देशभर सङ्क्रमणको कुल संख्या १३ लाख ३८ हजार ९९३ पुगेको छ ।पाकिस्तानमा कोरोना सङ्क्रमणको कारणले २९ हजार ३७ जनाको मृत्यु भएको छ ।  पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित भएको छ । 

यस प्रान्तमा पाँच लाख ९ हजार ३०८ जनालाई कोरोना सङ्क्रमण भईसकेको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा चार लाख ५५ हजार ४९९ व्यक्तिमा कोरोना भाइरस पत्ता लागिसकेको छ । पछिल्लो २४ घण्टामा ६२८ जना कोभिड–१९ बाट निको भएका छन्, यससँगै निको हुनेको कुल संख्या १२ लाख ६५ हजार २३९ पुगेको एनसीओसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस