aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 
National Life

नेपाल बङ्गलादेश बैंकको कायममुकायम सीइओमा भुपेन्द्र पाण्डे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ माघ २०७८
nabil bank
नेपाल बङ्गलादेश बैंकको कायममुकायम सीइओमा भुपेन्द्र पाण्डे
Global IME
LBF

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत  भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत दिएको जानकारी गराएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका श्री पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ । पाण्डे फिलो चार्टड एकाउन्टेन्ट हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस